काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आइतबार रुरु जलविद्युत् परियोजना लि. र नेशनल लघुवित्त वित्तीय संस्था लि.गरी कुल २ कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
रुरु जलविद्युत् परियोजना लि. को १५ प्रतिशतले हुन आउने कुल ७ लाख ३९ हजार ९८५ दशमलव ४८ कित्ता र नेशनल लघुवित्त वित्तीय संस्था लि.को १४.२५ प्रतिशतले हुन आउने १६ लाख ६० हजार ८६८ दशमलव ४० कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।