लगानीकर्ताहरु लघुवित्तमा आकर्षित भएका हुन् ? किन बढ्दैछ समुदायिक लघुवित्त(एसएलबीएसएल)को शेयरमूल्य?

अर्थबिट २०८१-१०-१४ ११:५८:०० बजे

काठमाण्डौ । शेयर बजार उत्तारचढावमय हुन्छ । बजार सूचकको उत्तारचढाव सामान्य पनि हो । यही उत्तारचढावले नै बजारमा अवसरसमेत सिर्जना गरिरहेको हुन्छ । बजार साइडवेज अवस्थामा छ । बजारले गति लिन नसके पनि नेप्सेमा सूचीकृत भएका कतिपय कम्पनीहरुले भने निकै राम्रो गति समातेका छन् ।

पछिल्लो समय लघुवित्तमा पनि लगानीकर्ताहरुको विशेष आकर्षण बढेको देखिन्छ । लघुवित्त कम्पनीहरुले नयाँ नयाँ मूल्य तय गर्ने होडबाजी चलिरहेको देखिन्छ । हालसालै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य ६ हजार ७३२ रुपैयाँ प्रतिकित्तासम्म मूल्य चुमिसकेको अवस्था छ । यस्तै उपकार लघुवित्तले पनि ४ हजार ९३६ रुपैयाँको मूल्यसम्म पुगिसकेको रेकर्ड कायम छ । आत्मनिर्भरको बजारमा २ लाख ५५ हजार ५९८ कित्ता मात्रै छ भने उपकार लघुवित्तकोे बजारमा ३ लाख ७१ हजार ५१८ कित्ता छ  । 

शेयर बजारमा कम्पनीको शेयरमूल्य पूर्वानुमान वा प्रक्षेपणका एउटा आधार ट्रेण्ड पनि हो । यसरी यो ट्रेण्डलाई नियाल्ने हो भने अल्ट्रा लो क्याप भएका शेयरको माग बजारमा अधिक देखिन्छ र मूल्य पनि आकाशिएको देखिन्छ । 

यसै सन्दर्भमा बजारको ट्रेण्ड हेर्ने हो भने लगानीकर्ताहरु लाभांशभन्दा पूँजीगत लाभ लिनका लागि तछाडमछाड गरेको देखिन्छ । अल्ट्रा लो क्याप भएका लघुवित्त कम्पनीहरुको शेयरमूल्य सामान्यतया अब रु.५ हजार प्रतिकित्ता पुग्नु कुनै नौलो विषय नै नहोला । उसो त बजारमा माइक्रोफाइनान्सप्रेमी सक्रिय लगानीकर्ताहरुको रोजाईमा अल्ट्रा लो क्याप लघुवित्त पर्दछन् । जसले आगामी दिनमा मनग्यै पूँजीगत लाभ दिनसक्ने सम्भावनासमेत प्रबल रहन्छ । यस्तै अल्ट्रा लो क्यापमध्येको एकसामुदायिक लघुवित्त वित्तीय संस्था लि. पनि हो । बजारमा केबल ५ लाख १८ हजार मात्रै शेयर रहेको यो कम्पनीको अहिले प्रतिकित्ता रु.२३ सय हाराहारी किनबेच भइरहेको अल्ट्रा लो क्याप लघुवित्त हो । 

एक ब्रोकर कम्पनीका सञ्चालकले माइक्रोफाइनान्समा आउनुपर्ने सबै नकारात्मक समाचारहरु आइसकेको जिकिर गरे । अब लघुवित्त समूह चम्किने ती ब्रोकरको दाबीसमेत छ । बजारमा लघुवित्त कम्पनीहरुको शेयरमूल्यले द्र्रूत गति लिई बढिरहेको ती ब्रोकर बताउँछन् ।

समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा पछिल्लो १ हप्तामा १ लाख ३० हजार कित्ता कारोबार भएको छ। यो संख्या कम्पनीका कुल ५ लाख १८ हजार फ्लोटिङ कित्ताहरु मध्ये करिब २५ प्रतिशत हो, जसले बजारमा भारी संकलन (एकुमुलेशन)भइरहेको संकेत गर्छ।

सीमित फ्लोटिंग कित्ता कम्पनीको केवल ५.१८ लाख फ्लोटिङ कित्ता उपलब्ध हुँदा पनि पछिल्लो साताको भारी कारोबारले शेयरप्रति लगानीकर्ताको अत्यधिक आकर्षण देखाएको छ।लगानीकर्ताहरूको तीव्र चासोले शेयर मूल्यलाई द्रुत गतिमा नयाँ उचाइतर्फ धकेलिरहेको छ।फ्लोरशीटको तथ्यांक फ्लोरशीटले स्पष्ट रूपमा देखाउँछ कि ठूला लगानीकर्ताहरूले संस्थाको शेयर ठूलो मात्रामा खरिद गरिरहेका छन्।अल्ट्रा लो क्याप कम्पनीहरुको लगातार बढ्दो मागको कारण मूल्य अझ माथि जाने सुनिश्चित छ। 

 

 

यो चार्टमा समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड को फिबोनाची रिट्रेसमेन्ट प्रयोग गरी मूल्यको ऐतिहासिक विश्लेषण गरिएको छ। यो चार्टले कम्पनीको शेयर मूल्य बढ्दै गएको र नयाँ उचाई बनाइरहेको देखाउँछ।

मूल्य उकालो प्रवृत्ति

हालको मूल्य रु.२३ सय ६० प्रतिकित्तामा छ, जुन २४.४१  प्रतिशतको तीव्र वृद्धि हो। यसले कम्पनीको लगानीकर्ताहरूमा ठूलो आकर्षण र विश्वास बढेको संकेत गर्छ।

फिबोनाची स्तरहरूः

0.618 (1221.95), 0.786 (1397.51) जस्ता महत्वपूर्ण प्रतिरोध स्तरहरू तोडिएको छ। यो उकालो प्रवृत्तिको बलियो पुष्टि हो।

अब मूल्य 1.618 (2266.97) माथि पुगिसकेको छ, जुन उच्च सम्भावना छ कि मूल्य अझै अगाडि बढ्नेछ।

भोल्युम वृद्धिः

चार्टमा देखिने उच्च भोल्युमले लगानीकर्ताको चासो तीव्र रूपमा बढिरहेको जनाउँछ। यसले भविष्यमा अझै सकारात्मक मूल्य प्रगति संकेत गर्छ।

लक्ष्य मूल्यः

यदि हालको उकालो निरन्तर रह्यो भने, फिबोनाचीको 2.618 (3311.99)  ले नयाँ लक्ष्य स्तर निर्धारण गर्न सक्छ।

समुदायिक लघुवित्तको हालको तीव्र वृद्धि र नयाँ उचाइले यसको सुदृढ वित्तीय स्थिति र लगानीकर्ताको विश्वासलाई प्रतिबिम्बित गर्छ। उच्च भोल्युम र प्रतिरोध स्तरहरू तोड्दै, यो संस्थाले लगानीको सुनौलो अवसर प्रदान गर्दैछ। अबको समयमा, यो कम्पनीको शेयर मूल्य अझै माथि जाने प्रबल सम्भावना छ, जसले लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिन सक्नेछ।

 

नोट : यो विश्लेण शेयर खरिदबिक्रीका लागि सिफारिस भने होइन । लगानीकर्ता स्वयंले विवेकपूर्ण निर्णय लिनहुन अनुरोध गरिन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।