काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले ३ कम्पनीलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको छ ।
मंगलबार इक्राले ट्रेड टावर लिमिटेड, माई खोला हाइड्रोपावर लिमिटेड र श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडलाई क्रेडिट रेटिङ्ग प्रदान गरेको हो ।
इक्रा नेपाल लिमिटेडले ट्रेड टावर लिमिटेडलाई विगतमा प्रदान गरेको [ICRANP-IR] BB- निष्कासनकर्ता रेटिङ्गलाई पुनःपुष्टि गरेकोछ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन् ।
माई खोला हाइड्रोपावर लिमिटेडलाई पनि इक्राले विगतमा प्रदान गरेको [ICRANP-IR] BB+ निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।
यसैगरी श्रीनगर एग्रीटेक इण्डष्ट्रिज लिमिटेडलाई विगतमा प्रदान गरेको [ICRANP-IR] B- निष्कासनकर्ता रेटिङ्गलाई [ICRANP-IR] B मा upgrade गरेको इक्रा नेपालले जानकारी दिएको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्नेसम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन् ।
उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय भएको र यो कुनै खास ऋणपत्र बिशेषको राय भने नभएको इक्राले स्पष्ट पारेको छ ।
रेटिङ्ग वर्ग[ICRANP-IR] AA देखि [ICRANP-IR] C सम्मका रेटिङ्ग संकेत पछाडि रहने + (जोड) वा ( -- (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाइ जनाउदछ । यसको अर्थ [ICRANP-IR] B+ को स्थिति [ICRANP-IR] B भन्दा एक चिन्ह माथि रहन्छ जबकि[ICRANP-IR] B- को स्थिति[ICRANP-IR] B भन्दा एक चिन्ह तल रहन्छ ।