बैंकिङ्ग सेक्टरमा लाग्यो ‘बटम’, बजार उकालो लाग्ने सम्भावना प्रबल (प्राविधिक विश्लेषण)

अर्थबिट २०८१-१०-२२ १२:२७:०० बजे

काठमाण्डौ । बैंकिङ्ग सेक्टरमा बटम लागेसँगै शेयर बजार उकालो दौडिने सम्भावना प्रबल बनेको छ । 

बैंकिङ्ग सेक्टरमा ‘बटम’ लागेसँगै शेयर बजार उकालो दौडिने सम्भावना प्रबल बनेको हो । 

प्राविधिक रुपमा भन्नुपर्दा बैंकिङ्ग सेक्टरमा ‘एबीसी’ करेक्सन प्याटर्न पूरा भएका कारण यो सेक्टरसँगै नेप्से परिसूचकसमेत उकालो लाग्ने सम्भावना बलियो रहेको छ ।

‘एबीसी’ प्याटर्नमध्ये ‘सी’ पूरा भएको छ । यसको मतलब बैंकिङ्ग सेक्टरमा ठूलो करेक्सन सकिएको अर्थ जनाउँदछ जसले आगामी दिनमा यो सेक्टर बढ्ने सम्भावना प्रष्ट भएको बुझ्नुपर्दछ । 

बैंकिङ्ग सेक्टरमा ‘कन्फर्मेसन’ आइसकेका कारण यति बेला अल्पकालीन तथा दीर्घकालीन लगानीकर्ताहरुले बैंकका शेयर ठूलो मात्रामा ‘एकुमुलेशन’ समेत गरिरहेका छन् । यदि बैंकिङ्ग उपसमूहको १४ सय ११ विन्दूलाई ‘ब्रेकआउट’ दिएको खण्डमा यो समूहमा लगानीकर्ताहरुको आक्रमक प्रवेश हुनेछ । अर्थात् बैंकिङ्ग उपसमूहको उपसूचक चाहिँ १४ सय ११ विन्दूलाई ‘ब्रेकआउट’ दिएपछि झन् सक्रिय खरिदबिक्री हुने बुझिन्छ । 

बैंकिङ्ग उपसमूह चम्किएसँगै यसले समग्र नेप्से परिसूचकलाई समेत समेट्दै माथि जाने भएकाले बजार आगामी दिनमा बढ्ने सम्भावना पक्कापक्की भएको प्राविधिक विश्लेषणबाट प्रक्षेपण गर्न सकिन्छ । 

गत वर्ष नेप्से परिसूचक २ हजार विन्दू आसपास कयौं पटक तीव्र उत्तारचढाव भयो । तर असार ताका भने बैंकिङ्ग सेक्टरले नेतृत्व गर्दै समग्र नेप्से परिसूचकसमेत ३ हजार विन्दू पार गरेको थियो । 

भनिन्छ, इतिहास दोहोरिन्छ । अझ भन्नुपर्दा शेयर बजारमा त इतिहास दोहोरिने सन्दर्भ कयौं पटक प्रमाणित पनि भइसकेको छ । यसपटक यस्तै इतिहास दोहोरिएला कि नदोहोरिएला ?,यो भने बजारका आगामी मुभमेन्टले नै देखाउनेछ । 

 

 

सावधान : यो विशुद्ध प्राविधिक विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । यही समाचारका आधारमा दोस्रो बजारमा शेयर खरिदबिक्री गर्दा उत्पन्न हुने जोखिम स्वयं आफैंले व्होर्नुपर्ने प्रष्ट पार्न चाहन्छौं ।शेयर बजार अत्याधिक जोखिमयुक्त क्षेत्र भएकाले स्वविवेकमा लगानी गर्न अनुरोध गरिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।