काठमाण्डौ । धितोपत्र बजारमा एनआईसी एशिया बैंकको शेयरमूल्य उचालिने सम्भावनालाई मार्ग प्रशस्त गरेको छ ।
प्राविधिक विश्लेषणका आधारमा एनआईसी एशिया बैंकको शेयरमूल्य निकट समयमै उचालिने सम्भावना मार्ग प्रशस्त भएको हो ।
‘फण्डामेन्टल’ सपोर्ट नगरेको एनआईसी एशिया बैंकको शेयरलाई प्राविधिक रुपमा भने बढ्ने सम्भावना बलियो बनाउँदै लगेको छ । उक्त बैंकको शेयरमा जोखिम(रिस्क) भन्दा प्रतिफल(रिवार्ड) राम्रो हुने आधारका कारण पनि यस बैंकको शेयरमूल्य उचालिने प्राविधिक विश्लेषणले बताउँदछ ।
गत वर्षको २९ अप्रिलमा एनआईसी एशिया बैंकको शेयरमूल्य रु.३४९ सम्म आएको थियो । भने अघिल्लो महिनाको २० जनवरीमा बैंकको शेयरमूल्य रु.३५१ हाराहारीमा आइपुग्यो । त्यसलगत्तै त्यहीँबाट मूल्यले पिकअप लिँदै रु.५८५ सम्म पुग्यो ।
हाल बैंकिङ्ग सेक्टर नै करेक्सन भएकै कारण एनआईसी एशिया बैंकको शेयरमा पनि राम्रो करेक्सन आयो । यहीँबाट फेरि ‘डिमान्ड’ सिर्जना भइरहेको छ ।
स्टप लस कतिमा गर्ने ?
एनआईसी एशिया बैंकको शेयरमूल्य हालको भन्दा तल झरेर रु.३३५ कायम भएमा स्टप लस गर्नुपर्ने हुनसक्छ ।
टार्गेट प्राइस कति हो ?
एनआईसी एशिया बैंकको शेयरमूल्य यदि माथि उकालो लागेमा रु.४६० देखि ४८० सम्म अपेक्षा गर्न सकिन्छ ।
कस्तो पोजिसन लिने ?
एनआईसी एशिया बैंकको शेयरमूल्य तल रु.३३० आइपुगे दीर्घकालका लागि एकुमुलेशन गर्नुपर्छ । यदि हालको बजारमूल्य आसपास नै खेलिरहे ट्रेड र इन्भेष्ट दुवै उद्देश्यका लागि गर्न सकिन्छ । अल्पकालमा प्रतिकित्ता रु.१०० सम्मको नाफा उद्देश्य राखी शेयर खरिद गर्न प्राविधिक विश्लेषणले सुझाउँदछ ।
यो पनि पढ्नुस् : बैंकिङ्ग सेक्टरमा लाग्यो ‘बटम’, बजार उकालो लाग्ने सम्भावना प्रबल (प्राविधिक विश्लेषण)
सावधान : यो विशुद्ध प्राविधिक विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । यही विश्लेषणका आधारमा दोस्रो बजारमा शेयर खरिदबिक्री गर्दा उत्पन्न हुने जोखिम स्वयं आफैंले व्होर्नुपर्ने प्रष्ट पार्न चाहन्छौं ।