काठमाण्डौ । आज बिहीबारदेखि निष्कासन भएको एनएमबी हाइब्रिड फण्ड एल–२ मा पहिलो दिन ३४ लाख रुपैयाँ हाराहारीको मात्रै आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आजदेखि निष्कासन भएको एनएमबी हाइब्रिड फण्ड एल–२ नाम बन्दमुखी म्युचुअल फण्डमा पहिलो दिन ६ हजार ६०० आवेदकबाट ३४ लाख ४२ हजार ११० इकाईका लागि ३ करोड ४४ लाख रुपैयाँ २१ हजार ११० रुपैयाँको आवेदन परेको हो ।
नेप्सेमा सूचीकृत भइसकेपछि बिक्री गर्न हम्मे–हम्मे पर्ने र ८ रुपैयाँमा बजारमा फालाफाल पाउन थालेपछि म्युचुअल फण्डको इकाईमा आवेदन दिन मरिहत्ते नगरेको लगानीकर्ताहरु बताउँछन् ।आईपीओमा १० रुपैयाँमा किन्यो तर पछि कारोबार हुँदा ८ रुपैयाँमा पनि बेच्न हम्मे परेपछि २ रुपैयाँ सस्तो बजारमा किन्न फाइदा हुने उनीहरुको बुझाइ छ । बजार बढ्दासमेत म्युचुअल फण्डको इकाई आफूले खरिद गरेको अंकित मूल्य(रु.१० प्रति इकाई) भन्दा २ रुपैयाँ थप सस्तोमा बिक्री गर्नपर्ने अवस्था बारे जानकार भई जानजान नफस्नका लागि आवेदन नदिएको लगानीकर्ताहरुको तर्क छ ।
कोष प्रवद्र्धक एनएमबी बैंक र योजना व्यवस्थापक एनएमबी क्यापिटल रहेको १० वर्षे एनएमबी हाइब्रिड फण्ड एल–२ नाम बन्दमुखी म्युचुअल फण्ड छिटोमा माघ २८ गतेसम्म र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ । प्रति इकाई रु.१० का दरले १०० इकाई न्यूनतम आवेदन दिनुपर्ने बताइएको छ ।
यो पनि पढ्नुस् : सस्तियो म्युचुअल फण्ड, ८ रुपैयाँमै फालाफाल , २३ वटाको ९ रुपैयाँ हाराहारीमा किनबेच