दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

RSS २०७९-०२-०६ ०९:१७:०० बजे

काठमाण्डौ। नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार सिंहको शरीर र मानिसको टाउको भएको मेसेनियाको हस्ताक्षर रहेको उक्त औंठी बिहीबार स्टकहोममा आयोजित समारोहमा औपचारिक रूपमा फिर्ता गरिएको हो ।  

सन् १९२७ मा इटालीको नियन्त्रणमा रहेको रोड्स टापुमा चिहानका लागि छुट्याइएको जमिनमा इटालीको ‘स्कूल अफ आर्कियोलोजी’ले उत्खनन गर्दा उक्त औंठी भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दोस्रो विश्वयुद्धको समय स्थानीय पुरातात्विक संग्रहालयमा राखिएका पुरातन कलाकृतिहरूबाट औंठी चोरिएको थियो ।

हंगेरीको नोबेल पुरस्कार विजेता भौतिकशास्त्री जर्ज भोन बेकेसीले संयुक्त राज्य अमेरिकामा किनेको बताइएको छ । सन् १९७२ मा उहाँको मृत्युपछि नोबेल फाउन्डेसनले उक्त औंठी संरक्षण गरेको थियो ।  

यो औंठी भूमध्यसागरको स्टकहोम म्युजियम र नजिकैको पूर्वी पुरातन कलाकृतिहरूमा राखिँदै आएको थियो । सन् १९७५ मा संग्रहालयका तत्कालीन निर्देशक, पुरातत्वविद् तथा मसेनियाली युगका विशेषज्ञ कार्ल गुस्ताफ स्टाइरेनियसले यसको परिचय पुष्टि गर्नुभएको थियो । औठीलाई रिङ रोड्स पुरातात्विक संग्रहालयमा नै फर्काइने मन्त्रालयले जानकारी गराएको छ । 

मेसेनियाली युग ग्रीसको काँस्य युगको अन्तिम चरण थियो र यो लगभग १६०० देखि ईसापूर्व ११०० रहेकोे थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।