धरानमा एबीसी सेक्युरिटीजको शेयर सचेतना कार्यक्रम सम्पन्न(भिडिओसहित)

अर्थबिट २०८०-०८-२१ ०१:४३:०० बजे

धरान । एबीसी सेक्युरिटीज प्रालिको मुख्य आयोजनामा बुधबार धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुलाई शेयर लगानीकर्ता सचेतना कार्यक्रम सम्पन गरेको छ । 

एबीसी सेक्युरिटीज प्रालिको मुख्य आयोजनामा बुधबार धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुलाई शेयर लगानीकर्ता सचेतना कार्यक्रम सम्पन गरेका हो । 

एबीसी सेक्युरिटीज प्रालिका कार्यकारी अध्यक्ष नितेश अग्रवालले शेयर बजारबाट दीर्घकालमा राम्रो पैसा कमाउने माध्यम बन्न सक्ने बताउँदै बसीबसी धनउपार्जन गर्न सकिने क्षेत्र रहेको बताए । 

रौनियार कन्सल्टिङ्ग ग्रूपका प्रियङ्का रौनियार र भूपेन्द्र गुप्ताले उक्त कार्यक्रममा सहजीकरण गरेका थिए । उक्त कार्यक्रमको पहिलो सत्रमा रौनियारले शेयर बजारको आधारभूत(फण्डामेन्टल) विषयमा र दोस्रो सत्रमा भने गुप्ताले प्राविधिक विषयमा विविध जानकारी दिएका थिए । 

विस्तृत भिडिओमा हेर्नुहोस् :

सोही कार्यक्रममा धरानमा रहेको मितेरी डेभलपमेन्ट बैंकका सीइओ तुलसी प्रसाद वस्तीले स्वविवेकमा शेयर लगानी गर्नसके मनग्ये पैसा कमाउन सकिने विचार राखे ।

विस्तृत भिडिओमा हेर्नुहोस् : 

कार्यक्रमको अन्तमा एबीसी सेक्युरिटीज धरान शाखा प्रमुख योगेश अग्रवालले आफू धरानमा ब्रोकरेज सेवा सरल र सहज ढंगले लगानीकर्ताहरुलाई सुविधा दिइरहेको बताए । उक्त कार्यक्रममा ७६ जनाको उपस्थिति रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।