बुढासुब्बा गोल्डकपमा धरान फुटबल क्लबको विजयी सुरुवात

अर्थबिट २०८०-११-२६ ०८:३०:०० बजे
Bikash Chamling Rai

धरान । आयोजक धरान फुटबल क्लबले २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।

आज भएको उद्घाटन खेलमा पाहुना टोली युकेएफसी भारतलाई सडेन डेथमा पराजित गर्दै आयोजक धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेशसँगै विजयी सुरुवात गरेको हो।

निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा पनि ५–५ गोलको बराबरी भएपछि खेल सडेन डेथमा पुगेको थियो । सडेन डेथमा धरान १०–९ गोल अन्तरले जित हासिल गर्दै धरान फुटबल क्लब विजयी भएको हो । यसअघि निर्धारित समयको ५९ औ मिनेटमा धरानका मिलन राईले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ७३ औ मिनेटमा युकेएफसीका नयन प्रधानले गोल फर्काएका थिए।

खेलको म्यान अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए । 

भोलिको खेल न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लब बीच हुनेछ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।