मन्त्री कार्कीद्वारा बागमती प्रदेशमा हुने अन्तर प्रदेश खेलकुद प्रतियोगिताका खेलाडीहरूलाई हौसला प्रदान

अर्थबिट २०८०-१२-२१ ०८:२३:०० बजे

इटहरी । आगामी चैत्र २५ गतेदेखि बागमती प्रदेशमा हुने अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सहभागी खेलाडीहरूलाइ हौशला प्रदान गर्न कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले विभिन्न सुझाव तथा निर्देश दिएका छन । 

मन्त्री कार्कीले बुधबार इटहरीस्थित रंगशालामा रहेका विभिन्न विधाका खेलाडीहरूसंग परिचय गर्दै उनीहरूको वर्तमान अवस्था र प्रशिक्षणबारे बुझेका हुन । मन्त्री कार्कीले बागमतीमा हुने अन्तर प्रदेश खेलकुद प्रतियोगीतामा कोशी प्रदेशलाइ धेरै भन्दा धेरै अंक ल्याएर जिताउन खेलाडीहरूलाई हौसला प्रदान गरेका हुन । कोशी प्रदेश खेलाडीहरू उत्पादन गर्ने स्थल बनिसकेकोले बागमतीमा हुने प्रतियोगितामा पनि कोशी नै अब्बल देखिने उनले विश्वास राखे । मन्त्री कार्कीले रंगशालामा रहेका विभिन्न भौतिक संरचनाहरूको पनि अवलोकन गरे । उनले कराते , फुटवल , भलिवल,एथलेटिक्स , तेक्वान्दो लगायतका खेलाडीहरूलाइ भेटेर अग्रिम जितको शुभकामना पनि दिए । साथै उनले प्रत्येक खेलका प्रशिक्षकहरूसंग खेलाडीहरूको स्वास्थ्य अवस्था ,प्रशिक्षणमा देखिएका समस्या र खेल संग सम्बन्धित चुनौतीहरूको बारेमा जानकारी लिएका थिए। मन्त्री कार्की संगै प्रदेश खेलकुद विकास बोर्ड कोशीकी उपाध्यक्ष जिना कार्कीले पनि खेलाडीहरूलाइ हौसला प्रदान गरेकी थिइन । 

बागमतीमा हुने अन्तर प्रदेश खेलकुद प्रतियोगितामा सहभागी जनाउन कोशीका बिभिन्न जिल्लाहरूबाट भेला भएका खेलाडीहरूलाई इटहरी रंगशालामा प्रशिक्षण दिलाइएको छ । बिभिन्न ९ वटा बिधामा खेलका दक्ष प्रशिक्षकबाट खेलाडीहरूलाइ प्रशिक्षण दिलाइरहेको जिल्ला फुटवल संघ सुनसरीका अध्यक्ष केशव कार्कीले बताए । हाल रंगसालामा बिभिन्न जिल्लाबाट १५० भन्दा बढी खेलाडीहरूले प्रशिक्षण दिइरहेका छन । उनीहरूलाइ इटहरीकै विभिन्न होटलहरूमा बस्न र खानको व्यवस्था मिलाइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।