चीनमा शहरी रोजगारीमा ठूलो वृद्धि

अर्थबिट २०८१-१०-०९ ११:१९:०० बजे

बेइजिङ । चीनले सन् २०२४ मा एक करोड २५ लाख नयाँ सहरी रोजगारी सिर्जना गरेको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२४ मा चीनको सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.१ प्रतिशत थियो, जुन अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले कम हो ।

रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको मानव संसाधन र सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता लु इहोङले पत्रकार सम्मेलनमा बताउनुभयो ।

“सन् २०२४ को अन्त्य सम्म, गरिबीबाट बाहिर तीन करोड ३० लाख भन्दा बढी मानिसलाई रोजगारी दिइएको थियो,”लुले थप्नुभयो ।

गत वर्षको अन्त्यसम्ममा चीनका सामाजिक सुरक्षा कार्ड धारकहरूको सङ्ख्या एक अर्ब सात करोड डिजिटल सामाजिक सुरक्षा कार्ड प्रयोगकर्तासहित करिब एक अर्ब ३९ करोड पुगेको प्रवक्ताले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।