अनाधिकृत व्यक्तिबाट फिजियोथेरापी सेवा, बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

अर्थबिट २०८१-१०-०९ ११:२७:०० बजे

काठमाण्डौ ।  नेपाल फिजियोथेरापी सङ्घ (नेप्टा)ले अनधिकृत फिजियोथेरापी सेवा रोक्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष समिद कतिला श्रेष्ठले बिरामीको उपचार जस्तो संवेदनशील विषयमा हेलचेक्र्यायी दण्डनीय मात्र नभइ यसले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर पार्ने बताउनुभएको छ  ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले घरमै स्वास्थ्यकर्मी पठाउने कम्पनी र केही स्वास्थ्य केन्द्रले फिजियोथेरापी सेवा प्रदान गर्ने क्रममा अनाधिकृत व्यक्तिबाट सेवा दिइरहेको सूचना सङ्घलाई प्राप्त भएको जनाएको छ । सङ्घका अनुसार अनधिकृत फिजियोथेरापी सेवाका गतिविधि नेपालका विभिन्न स्थानमा भइरहेको विषयमा धेरै उजुरीहरू प्राप्त भएका छन् ।

सङ्घले यस्ता गैरकानुनी गतिविधिलाई रोक्न आवश्यक सबै कदम चाल्ने र सम्बन्धित निकायलाई रिपोर्ट गर्ने प्रक्रिया अघि बढाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । सङ्घले यस्ता गतिविधिको जानकारी भएमा नगरपालिका वा स्थानीय निकायको स्वास्थ्य शाखामा, नेपाल स्वास्थ्य व्यवसाय परिषद्, वा जिल्ला प्रशासन कार्यालयमा तुरून्तै जानकारी गराउन आग्रहसमेत गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।