अमेरिकासँग व्यापार युद्ध नहुने: मेक्सिको

अर्थबिट २०८१-१०-१२ ०१:३३:०० बजे

मेक्सिको सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताउनुभएको छ ।

“शेनबामले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “म व्यापार युद्ध देख्दिनँ। अमेरिकी राष्ट्रपतिले हिजो मेक्सिकोको बारेमा फरक तरिकाले बोल्नुभएको छ ।”

विश्व आर्थिक मञ्च (डाभोस)मा बिहीबार एक प्रश्नको जवाफ दिँदै ट्रम्पले भन्नुभएको थियो, “हामी मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेका छौँ। हामी न्यायोचित व्यवहार गर्न चाहन्छौँ।”

यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिनुभएको थियो ।

शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गर्नुभयो ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्नुभएको छ । 

यसको जवाफमा, मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गर्यो र निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।