काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले नेको इन्स्योरेन्स लि.(एनआइएल) को नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
आज मंगलबार नेप्सेले नेको इन्स्योरेन्स लि.(एनईसीओ) को नयाँ शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेले उक्त कम्पनीको २५ प्रतिशत हकप्रद शेयरको समायोजनपछि रु.७७१.१२ तोकेको छ ।
मंगलबार कायम अन्तिम शेयरमूल्य रु.९३८.९० को आधारमा मूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरिएको नेप्सेले जानकारी दिएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ मंगलबार बुक क्लोज गरेसँगै नेप्सेले पनि मूल्य समायोजन गरेको बताइएको छ ।