काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.ले समता घरेलु लघुवित्त वित्तीय संस्थाको नयाँ शेयरमूल्य निर्धारण गरेको छ ।
कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ बुधबार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज लि.ले समता घरेलु लघुवित्त वित्तीय संस्था लि.को ५ प्रतिशत बोनस शेयरको समायोजनपछि नयाँ शेयरमूल्य रु.८७६.१९ तोकेको छ । कम्पनीको बुधबार कायम अन्तिम शेयरमूल्य रु.९२० को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।