सस्तियो म्युचुअल फण्ड, ८ रुपैयाँमै फालाफाल , २३ वटाको ९ रुपैयाँ हाराहारीमा किनबेच

अर्थबिट २०८१-१०-२३ ०९:३१:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.मा सूचीकृत म्युचुअल फण्डहरु ८ रुपैयाँमै फालाफाल पाइरहेका छन् ।

नेप्सेमा ३६ म्युचुअल फण्डहरु सूचीकृत छन् जसमध्ये ४ वटाको इकाईहरु दोस्रो बजारमा ८ रुपैयाँमै फालाफाल पाइएका हुन् । कुमारी इक्विटी फण्ड(केइएफ), एनआईबीएल समृद्धि फण्ड २(एनआईबीएलएसएफ२), मेगा म्युचुअल फण्ड(एमएमएफ १), एनआईसी एशिया ग्रोथ फण्ड२(एनआईसीजीएफ२) गरी कुल ४ वटा म्युचुअल फण्डहरु ८ रुपैयाँ हाराहारीमा दोस्रो बजारमा किनबेच भइरहेको छ । नेप्सेका अनुसार माघ २३ गते बुधबार कुमारी इक्विटी फण्ड(केइएफ), एनआईबीएल समृद्धि फण्ड २(एनआईबीएलएसएफ२), मेगा म्युचुअल फण्ड(एमएमएफ १), एनआईसी एशिया ग्रोथ फण्ड२(एनआईसीजीएफ२) को बजारमा इकाई मूल्य क्रमशः रु.८.९,८.३८,८.७१ र ८.९१ रहेको छ ।

यसैगरी नेप्सेमा माघ २३ गते सूचीकृत ३६ म्युचुअल फण्डहरु मध्ये २३ वटाको इकाई मूल्य ९ रुपैयाँ हाराहारीमा कारोबार भएको छ । 

नौ वटा म्युचअल फण्डको इकाई मूल्य अंकित मूल्य(रु.१०) भन्दा झिनो माथि छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।