काठमाण्डौ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (आईजीआई) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणाको प्रस्ताव गरेको छ।
उक्त कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशतका दरले नगद लाभांश (२९ करोड ४९ लाख ६१ हजार ५३० रुपैयाँ पैसा ७० ) करसहित वितरण गर्ने घोषणा गरेको हो।बुधबार माघ २३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश शेयरधनीहरुमा वितरण गरिनेछ।