काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योन्स लि.ले निष्कासन गरेको आईपीओमा आवेदनको भारी वर्षा भएको छ ।
गत फागुन २२ गतेदेखि २६ गतेसम्म म्याद राखी निष्कासित भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योन्स लि.को आईपीओमा आवेदनको भारी वर्षा भएको हो ।
कम्पनीले रु. १०० का दरले १८ लाख ४५ हजार कित्ता आईपीओमार्फत् प्राथमिक बजारमा शेयर निष्कासन गरेकोमा कुल २० लाख ५० हजार ६३३ आवेदकबाट २ करोड ४५ लाख १४ हजार २८० कित्ता माग गरिएको सिडिएस एण्ड क्लियरिङ्ग लि.ले जानकारी दिएको छ । आईपीओमा लगानीकर्ताहरुले २ अर्ब ४५ करोड १४ लाख २८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा प्रति कित्ता २ हजार रुपैयाँ खरिदबिक्री भइरहेको छ । आइपीओमा १०० रुपैयाँ १० कित्ताका लागि गरेको लगानी यदि बाँडफाँडमा प्राप्त भएमा २० हजार रुपैयाँमा बिक्री गर्न सकिने अनुमानमा लगानीकर्ताहरुले लगानी ओइराएका हुन् । अर्थात् लगानीकर्ताहरुले १ हजारको लगानी २० हजार रकम प्राप्त हुनेछ । गार्डियन माइक्रोमा छोटो समयमै प्रति कित्ता रु.१९ सय मुनाफा भइसकेको छ । १९ सय प्रतिशत रिटर्नका लागि आवेदनको भारी वर्षा भएको बुझ्न सकिन्छ ।