प्राधिकरणमै ईजलाश सञ्चालन हुँदै, बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने

अर्थबिट २०८१-११-२९ १२:४५:०० बजे

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा ईजलाश सञ्चालन गरिने भएको छ । 

नेपाल बीमा प्राधिकरणले आगामी २०८२ साल वैशाख १ गतेदेखि ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा बीमा दाबी सम्बन्धी उजूरीहरूको सुनुवाई गर्ने प्रयोजनका लागि ईजलाश सञ्चालन गर्ने भएको हो ।

प्राधिकरण सञ्चालक समितिको फागुन २७ गते बसेको बैठकले आगामी २०८२÷०१÷०१ गतेदेखि लागू हुने गरी प्राधिकरणमा दायर भएका बीमा दाबी सम्बन्धी उजुरीहरूको सुनुवाई गर्ने प्रयोजनको निम्ति प्राधिकरणको भवनमा ईजलाश सञ्चालनका लागि भौतिक व्यवस्था तथा अन्य आवश्यक तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी, प्राधिकरण संचालक समितिको बैठकले प्राधिकरणमा दायर भएका बीमा दाबी उजुरीहरूको हकमा साप्ताहिक तथा अन्य पेशी सुची ९ऋबगकभ ीष्कत०  र निर्णयहरू प्राधिकरणको धभदकष्तभ मा प्रकाशन गर्न समेत व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।