नेपाल र भारतमा विवाहको बजार निरन्तर बढ्दै, चीनका युवाहरु विवाह नै गर्न चाहँदैनन्

अर्थबिट २०८१-११-२९ ०८:२३:०० बजे

काठमाण्डौ । भारतीय संस्कृतिको अनुशरण गर्दै नेपाली विवाह पनि महँगिन थालेको छ । मानिसहरु विवाहकै लागि ब्याङ्क्वेट र होटल तथा रिसोर्ट बुक गरी लाखौं करोडौं रुपैयाँ खर्चिरहेका छन् ।

तर छिमेकी देश चीनमा भने २० देखि ३० वर्षका युवाहरु विवाह नै गर्न चाहँदैनन् । उनीहरु विवाहलाई निकै खर्चिलो कामका रुपमा मान्दछन् । विवाहले गोजीमा पनि बोझ बढिरहेको तर कुनै फाइदा नहुने उनीहरुको मान्यता रहँदै आएको छ ।

चीनमा युवायुवती विवाहप्रति मोहित हुन छाडेका छन् । सन् २०१३ देखि २०२४ सम्ममा विवाहको दर ५० प्रतिशतभन्दा बढीले घटेको छ । विवाह महँगो कुरा भएकाले खल्तीमा भार बढेको युवाको धारणा छ । कामको दबाब, बेरोजगारीको डर र बढ्दो मुद्रास्फीति मुख्य कारण हुन् ।

चीन सरकारले नगद पुरस्कार दिएर विवाह प्रवर्द्धन गरिरहेको छ तर युवाहरु तयार छैनन् । वैदेशिक रोजगारीबाट कमाएको पैसा तथा पैतृत सम्पत्ति बिक्री गरेरै भएपनि नेपालमा भने विवाह गर्ने चलन बढ्दो छ । बरु नेपाल र भारतमा विवाहको बजार निरन्तर बढ्दै गएको छ र युवाहरु पनि ऋण लिएर विवाह गर्न थालेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।