राधीमा आँधी !

अर्थबिट २०८२-०१-०७ ०४:१९:०० बजे

काठमाण्डौ । केही समययता राधी विद्युत् कम्पनी लि.(राधी) को कारोबार हुने शेयर संख्या र मूल्य दुवै बढिरहेको छ । 

१ महिनाअघि न्यून शेयर कारोबार हुने राधीको केही समययता भने शेयर संख्या र मूल्य दुवै बढिरहेको हो । 

विगत ६ महिनाभन्दा लामो समय उक्त कम्पनीको मूल्य रु.४०० सेरोफेरोमै कारोबार भइरहेकोमा हिजोआज भने बजारको हटकेक नै बनिरहेको छ । भोल्युमसँगै मूल्य पनि बढिरहेको कम्पनीको बजारमा ह्वात्तै माग बढिरहेको देखिन्छ । 

आइतबार राधीको रु. ५४९.९० सुरुवाती मूल्य रहेकोमा रु(५८२ सम्म पुगेको थियो । आज नै यस कम्पनीको नेप्सेमा सर्वाधिक कारोबारसमेत भएको छ । कम्पनीको ३ हजार १६ पटकमा १२ लाख ४३ हजार ५३९ कित्ता ६८ करोड ७६ लाख ९७ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भयो ।  

राधी विद्युत् कम्पनी लि.(राधी) सहायक कम्पनीमा ४५ मेगावाटको कसुवा खोला हाइड्रोपावर लि.हो । जसमा कम्पनीले ६० प्रतिशत शेयर स्वामित्व अर्थात् ३ लाख ११ हजार ४३८ कित्ता शेयर खरिद गरेको छ ।

यस्तै राधीले राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लि.द्वारा प्रवद्र्धित ५ मेगावाट रुकुम गड हाइड्रोपावर प्रोजेक्टमा ४०.४८ प्रतिशत शेयर स्वामित्व अर्थात् १२ लाख ९० हजार कित्ता शेयर लगानी गरेको छ ।

दोर्दी खोला जलविद्युत् कम्पनीद्वारा  प्रवद्र्धित १२ मेगावाटको दोर्दी हाइड्रोइलेक्ट्रिक प्रोजेक्टमा २१.६७ प्रतिशत शेयर स्वामित्व अर्थात् १६ लाख ४४ हजार ८८८ कित्ता खरिद गरेको छ । यस्तै युनिभर्सल पावर लि.द्वारा प्रवद्र्धित ११ मेगावाटको तल्लो खारे खोला हाइड्रोपावर प्रोजेक्टमा समेत कम्पनीले २.६५ प्रतिशत शेयर स्वामित्व अर्थात् ५ लाख ५५ हजार ९२६ कित्ता खरिद गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।