‘युपीसीएल’ मा ह्याट्रिक, अर्को राधी बन्ला ?

अर्थबिट २०८२-०२-१३ ०४:४७:०० बजे

काठमाण्डौ । नेप्सेमा युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल) ले ह्याट्रिक गरेको छ । 

मंगलबार नेप्सेमा युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल) ले टर्नओभर, भोल्युम र ट्रान्जेक्सन गरी कुल ३ वटैमा सर्वाधिक स्थान ओगट्दै ह्याट्रिक गरेको हो । 

नेप्सेका अनुसार युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल)को मात्रै मंगलबार ६३ करोड ५८ लाख १९ हजार २३ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल)कै १४ लाख ३४ हजार ३४१ कित्ता शेयर किनबेच भएको नेप्सेले बताएको छ । साथै आजकै दिन सो कम्पनीको ३ हजार ९१९ पटक कारोबार भएको नेप्सेले जनाएको छ । यसरी टर्नओभर, भोल्युम र ट्रान्जेक्सन गरी कुल ३ वटैमा सर्वाधिक स्थान ओगट्दै ह्याट्रिक गरेको हो । 

यससँगै युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल) को मंगलबार प्रतिकित्ता रु.४५८ कायम भएको छ,जसमा आज मात्रै सो कम्पनीको शेयरमूल्य रु.३०.४१ वृद्धि भएको नेप्सेले जनाएको छ । 

मंगलबार युनिभर्सल पावर कम्पनी लि.( युपीसीएल)को दिनभरिमा रु.३४४ मा निक्कै धेरै कारोबार भएको थियो । कारोबारको अन्तिम सत्रतिर भने मूल्य थप उकालो लाग्यो । सो कम्पनीको पछिल्लो हाई रु.४४५ लाई टर्नओभरसहित ब्रेक गरेका हुनाले मंगलबार शेयर कारोबारीहरुका लागि निकै हटस्टक बन्यो । शेयर बजारमा पछिल्ला केही दिनमा राधी  (हाल राधीको मूल्य रु.८०० आसपास रहेको छ । जुन छोटो समयमै शेयरमूल्य दोब्बर भएको हो ।) को मूल्यवृद्धिलाई पछ्याउने हल्लाका बीच मूल्य बढिरहेको जानकारहरु जिकिर गर्छन् । कारोबारीहरुको नजरमा रहेको यो स्टकमा ब्रेकआउट भएकाले आगामी दिनमा थप उचाई लिन्छ वा लिदैंन भन्ने विषय चाहिँ बजारका स्वयं लगानीकर्ताहरुकै निर्णयमा भर पर्दछ ।

यो पनि पढ्नुस : कमजोर बजारमा मिड क्याप हाइड्रोले दियो ३ दिनमै १० प्रतिशत रिटर्न !

 

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।