पियोर इनर्जीको इनर्जीमा ह्रास, कतिसम्म झर्ला शेयरमूल्य ?

अर्थबिट २०८२-०३-०८ ०६:५७:०० बजे

काठमाण्डौ । पियोर इनर्जी लि.को शेयरमूल्य ओरालो लाग्न थालेको छ । 

आइतबार पियोर इनर्जी लिमिटेडको शेयरमूल्यमा १० प्रतिशत गिरावट आएको छ । 

पियोर इनर्जीको आज एकैदिन सर्वाधिक १० प्रतिशत अर्थात् प्रतिकित्ता रु. १०८.६२ शेयरमूल्य घटेको हो । 

गत साता बिहीबार पियोर इनर्जीको मूल्य हालसम्मकै सर्वाधिक रु.१३२७.९० पुगेको थियो । सोही दिन पनि उक्त कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आउँदा रु. १०८६ मा बन्द भएको थियो । कम्पनीको मूल्य ओरालो लाग्ने क्रम आज आइतबार पनि जारी नै छ । हालसालै आइपीओ निष्कासन गरी दोस्रो बजारमा कारोबार भइरहेको पियोर इनर्जीको मूल्य २ कारोबारमै रु.३५० घटिसकेको छ । 

नेप्सेमा सूचीकृत भई कारोबार सुरु हुँदा रकेटको गतिमा मूल्य उकालो लाग्ने र १५–२० दिनमा मूल्य ओरालो लाग्न थालेपछि भने आधा घट्ने गरेको ट्रेण्ड छ । शेयर आपूर्ति कम हुने भएकाले सुरुमा मूल्य उचालिने तर पछि भने मूल्य जसरी बढेको थियो त्यसरी नै पछारिने गरेको छ । 

पियोर इनर्जीको शेयरमूल्य पनि १४ सय नजिक पुगेको र अन्य कम्पनीको ट्रेण्ड हेर्दा बजारमा आधासम्म शेयरमूल्य झर्ने गरेको जानकारहरु तर्क गर्छन् । सोही अनुरुप पियोर इनर्जीको पनि ६–७०० भन्दा तल ओर्लिने सम्भावना प्रबल रहेको जानकारहरुको जिकिर छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।