काठमाण्डौ ।हिम स्टार उर्जा कम्पनी लिमिटेडको स्थानिय बासिन्दाहरुमा तथा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड भएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम स्टार उर्जा कम्पनी लिमिटेडको जारी पूँजीको ५% अर्थात रु.१ करोड ८६ लाख ५० हजार रकम बराबरको रु.१०० अंकित दरको १,८६,५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भए बमोजिम आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको शेयर ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ८, साविक भुसिङ्गा गा.वि.स. का सम्पुर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गा.पा. वडा नं. २, साविक गोली गा.वि.स. वडा नं. १,२,३,४,५ मा बसोबास गर्ने बासिन्दाहरुको लागि साधारण शेयरहरु मिति २०८२/०२/३० गतेदेखि छिटोमा मिति २०८२/०३/१३ गते तथा ढिलोमा मिति २०८२/०३/२९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा माग गरे भन्दा बढी शेयर खरिदको लागि आवेदन मिति २०८२/०३/१३ गते सम्ममा नै प्राप्त भएकोले उक्त शेयर निष्काशन तथा बिक्री बन्द मिति २०८२/०३/१३ गते गरिएको थियो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्याईएको शेयर खरिदको लागि प्राप्त ४१ जना आवेदकहरुले १४,१८० कित्ता शेयर खरिदको लागि दिएको आवेदन रितपुर्वक नभएकोले उक्त आवेदनहरुलाई रद्द गरी जम्मा १,०२९ जना आवेदकबाट प्राप्त ३,९९,७४० कित्ता शेयर खरिदको लागि मात्र रितपुर्वक आवेदन प्राप्त भएको हुँदा आवश्यक प्रशोधन गरी देहाय बमोजिम शेयर बाँडफाँड गरिएको क्यापिटलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
शेयर खरिद आवेदन प्राप्त भएका आवेदकहरु मध्ये १० कित्ता देखि २३० कित्ता शेयर माग गर्ने जम्मा ५५४ आवेदकलाई माग गरे बमोजिम ७०,१०० कित्ता शेयर तथा २५० कित्ता देखि ५,१०० कित्ता शेयर माग गर्ने ४७५ जना आवेदकलाई २४० कित्ता शेयरका दरले जम्मा १,१४,००० कित्ता शेयर बाँडफाँड पश्चात बाँकी रहेको २,४०० कित्ताको हकमा २५० कित्ता देखि ५,१०० कित्ता माग गर्ने ४७५ जना आवेदकहरुलाई गोलाप्रथा विधि अन्तर्गत १० कित्ता शेयरका दरले २४० जना सफल आवेदक छनौट गरी थप १० कित्ता शेयरका दरले २,४०० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जानकारी दिएको छ ।
साथै नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त विवरणपत्र अनुसार ९३,२५० कित्ता शेयर बिक्रीको लागि मेरो शेयरको एप्लिकेशन मार्फत सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाबाट खरिद आवेदन गर्न मिल्ने गरी मिति २०८२/०२/३० गतेदेखि मिति २०८२/०३/१३ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको र उक्त निष्काशनको समयमा जम्मा ७१ हजार २१७ जना आवेदकहरुबाट १३ लाख ८१ हजार १४० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुले विविध कारणबाट १०,२५१ जना आवेदकहरुबाट प्राप्त २,८३,०९० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात् बाँकी रहेको ६०,९६६ जना आवेदकहरुबाट जम्मा १०,९८,०५० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको र उक्त आवेदनहरुलाई आवश्यक प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको व्यहोरा अनुरोध छ ।
शेयर खरिदका लागि प्राप्त आवेदनहरु मध्ये १५ जना आवेदकहरुले दोहोरो हितग्राही खाता प्रयोग गरी ३० वटा आवेदन मार्फत जम्मा ३७० कित्ता शेयर खरिदको लागि आवेदन गरेको तथा ४ जना आवेदन मार्फत ५० कित्ता शेयर खरिदका लागि प्राप्त भएका आवेदकहरुले स्थानिय बासिन्दामा निष्काशन गरेको शेयर खरिदको लागि आवेदन दिई बाँडफाँडमा समेत शेयर परिसकेको हुँदा उक्त आवेदनहरु रितपूर्वक नदेखिएकोले उक्त आवेदनहरुलाई रद्द गरी जम्मा ६०,९३२ जना आवेदकहरुलाई गोलाप्रर्थाको माध्यमबाट प्रति आवेदक १० कित्ता शेयरका दरले जम्मा ९,३२५ जना आवेदकहरुलाई ९३,२५० कित्ता बाँडफाँड गरिएको छ ।
साथै स्थानिय बासिन्दाहरुमा निष्काशन गरिएको तथा बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्काशन गरिएको शेयरको बाँडफाँडको नतिजा यस क्यापिटलको वेभसाईट www.nicasiacapital.com र बैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई निष्काशन गरिएको शेयर बाँडफाँडको नतिजा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेभसाईट www.iporesult.cdsc.com.np/meroshare.cdsc.com.np af6 बाट हेर्न सकिने छ ।