बुल यात्रा सकिएकै हो त ?

अर्थबिट २०८२-०५-०९ १२:२५:०० बजे

काठमाण्डौ । शेयर बजारमैत्री नीतिमा समेत बजारले लगातार गिरावटको बाटो समाउँदा बजारसम्बद्ध सरोकारवाला नै अचम्मित भइरहेको पाइएको छ । 

सरकार, अर्थमन्त्रालय, नियामक निकायहरुले समेत विभिन्न नीतिहरु मार्फत् बजार सुधारमा फोकस हुँदासमेत नेप्से परिसूचकले गिरावटको बाटो समाउँदा बजारसम्बद्ध सरोकारवाला नै अचम्मित भइरहेको पाइएको हो । 

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिका एमडी गुणनीधि भुसाल बजारले लगातार गिरावटको बाटो समाउँदा अचम्मित भएको बताउँछन् । अर्थमन्त्रालयको बजारमैत्री बजेट र नेपाल राष्ट्र बैंकले यसअघि कडाई गरिएका विभिन्न प्रावधानहरुलाई क्रमशः खुकुलो बनाइरहँदासमेत बजार ओरालो लाग्दा आश्चर्यमा परेको बताए । सस्तिएको बैंक ब्याजदर ,अधिक तरलता, रेमिट्यान्समा लगातार वृद्धिलगायतका विषयले समेत शेयर बजारमा सकारात्मक प्रभाव नपरेको उनको भनाइ छ । समग्र अर्थतन्त्रको सुध्रिँदो तथ्यांक र सूचीकृत कम्पनीहरुको सुधारात्मक वासलातले समेत बजार तथ्यपरकमा आधारित भई उकालो यात्रामा लाग्नुपर्ने भुसालको ठम्याइ छ । उनी प्रश्न गर्छन्,‘ बजारमा रौनक नआउनुको कारण के त ? बजारले खोजेको के हो त ? सबै अवस्थाहरु सामान्य बन्दै गर्दासमेत बजारले उकालो लय नसमाउँदा उनले शेयर बजारप्रति नै प्रश्न तेर्साए ।

बजारको गिरावट कायम रहँदा नै शेयर खरिद गर्ने उपयुक्त र सुनौलो मौका रहेको भुसालको बुझाई छ । डराउनेले सस्तोमा किन्दैन तर यो बेला किन्नेले भने नाफा कमाउने सम्भावना अधिक हुने उनको ठहर छ । 

बजारमा ट्रेड हावी हुँदासमेत बजारको स्थायीत्व नभएको आर्यताराका एमडी भुसालको जिकिर छ । मध्य र दीर्घकालीन लगानी गर्नेहरुको प्रवेशले मात्रै बजार दिगो र स्थायीत्व हुने उनी दाबी गर्छन् । 

बजार घटेको मौकामै म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनीहरुको अहिले शेयरमा लगानी बढाइरहेको तर्क गर्दै एमडी भुसाल भन्छन्, ‘ संस्थागत लगानीले बजारमा खै त सिनर्जी दिएको  ? 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।