काठमाण्डौ । साताको पहिलो दिन आइतबार नै नेप्से परिसूचक घटेको छ ।
आइतबार परिसूचकमा १२.५ अंकले गिरावट आउँदा नेप्से परिसूचक २५ सय ९४ दशमलव आठ सात अंक कायम हुन पुगेको छ । बैंकिङ्ग र म्युचुअल फण्डका उपसमूहबाहेक अन्य बाँकी सबै उपसमूह राताम्मे बने ।
बजार लोवर हाई लोवर लो संरचनामा छ । समग्रमा भन्नुपर्दा बजारले अब डाउनट्रेण्ड समातेको छ ।
बजारले २५ सय ८० देखि २५ सय ५० को लेभललाई तत्काल सपोर्ट बनाउने देखिन्छ । यो क्षेत्र पनि कमजोर सावित भई टुटेमा बजार २५ सयसम्म ओर्लिने सम्भावना छ ।
बजारले २६ सय २० को रेजिस्टेन्स लेभललाई बारम्बार रिजेक्सन गरिसकेको छ । यो लेभललाई रिजेक्सन गरेसँगै बजारमा शेयर बिmक्री आपूर्ति पनि बढेको बढ्यै छ ।
ठूला खरिदकर्ताको सक्रियता कम हुँदै जाँदा त्यसको असरले भोल्युम घट्दो क्रममा रहेको छ । ब्रेकआउटका लागि बलियो भोल्युम आवश्यक पर्दछ ।
यदि बजार २५ सय ५० देखि २५ सय ८० का बीच टिकेमा २६ सय २० ब्रेक गर्न सक्छ । जुन पुलब्याकले बजार २७ सयसम्म पनि लैजाने देखिन्छ ।
अर्को अवस्था , बजार २५ सय ५० तल क्लोजिङ्ग भएमा २५ सयदेखि २४ सय ८० लाई पुनः टेष्ट गर्ने सम्भावना उच्च रहन्छ । प्यानिक सेलिङ्ग आएमा बजार अझ तल पनि जानसक्छ ।
बजार अझै खतरा जोनमै छ । दीर्घकालीन बुलिस कन्फर्मेसन आएको छैन ।
अल्पकालीन लगानीकर्ताहरु सपोर्ट रेजिस्टेन्समा मात्रै ट्रेड लिन सक्छन् ।
बजार अब २५ सय कुर्नुको विकल्प देखिदैन । परिसूचक २५ सय आसपास र ट्रेण्ड रिभर्सल सिग्नल कुर्नु उपयुक्त हुने देखिन्छ ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।