हाइड्रोपावर कम्पनीलाई नेप्सेको नयाँ निर्देशन, विद्युत् नियमन आयोगको पूर्वस्वीकृति अनिवार्य

अर्थबिट २०८२-१०-२८ ११:३२:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) ले सूचीकृत हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्न बुक क्लोज मिति तय गर्नु अगावै विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनका लागि निर्देशन दिएको छ । 

नेप्सेले सोमबार सूचीकृत हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्न बुक क्लोज मिति तय गर्नु अगावै विद्युत् नियमन आयोगको पूर्वस्वीकृति लिनका लागि निर्देशन दिएको हो ।

विद्युत् नियमन आयोगले यही सातादेखि हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्नु अगावै पूर्वस्वीकृति लिनुपर्ने नयाँ व्यवस्था लागू कडाईपूर्वक गर्न लागेको हो । 

अबदेखि हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्दा विद्युत् नियमन आयोगको अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने भएको छ । 

हाइड्रोपावर सेक्टरको नियमन गर्दै आएको आयोगले अघिल्लो साता नेपाल स्टक एक्सचेञ्जसँग आवश्यक समन्वय तथा सहजीकरणका लागि पत्र लेखेको थियो र सोही अनुसार यो नयाँ प्रावधान कायम भएको हो । 

हाइड्रोपावर कम्पनीहरुले बोनस शेयर वितरण गर्दा विद्युत् नियमन आयोगको पूर्व स्वीकृति लिएर मात्रै बुक क्लोजको मिति तय गर्नुपर्ने नयाँ व्यवस्था सुरु गर्नका लागि विद्युत् नियमन आयोगले समन्वय गर्न अनुरोध गरेसँगै नेप्सेले सूचीकृत सबै हाइड्रो कम्पनीहरुलाई सोही विषयमा सोमबार निर्देशनसहित परिपत्र समेत गरिसकेको छ । 

यसअनुसार हाइड्रोपावर कम्पनीहरुले विद्युत् नियमन आयोगको स्वीकृति लिएपश्चात् मात्रै बुक क्लोज मिति तय गर्न गराउन लागिएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।