काठमाण्डौ । हाइड्रो सेक्टरबाट पैसा बाहिरिँदै गइरहेको छ ।
दोस्रो बजारमा कम मूल्य भएका हाई क्याप स्टकहरु सीधै माथि लगेर वितरण हुन थालेसँगै पैसा बाहिरिएको हो ।
जहाँ मूल्य बढ्दछ त्यहाँ रिटेलरको ताँती लाग्दछ । सो नियमानुसार नै अहिले रिटेलरहरु हाइड्रोका शेयर खरिद गरिरहेकाले मूल्य बढिरहेको देखिन्छ । तर अपरेटर भने अधिकांश हाइड्रोका स्क्रिपमा फेक अर्डर – सपोर्ट राख्दै सर्वसाधारणलाई उच्च मूल्यमा भिडाइरहेका छन् ।
भर्खरै केही समयअघि यस्तै माहोल जेनजी स्टक कहलिएका नयाँ कम्पनीका आइपीओहरुमा पनि देखिन्थ्यो । हिजोआज हाइड्रो सेक्टरमा पनि ठ्याक्कै यस्तै प्रवृत्ति बजारमा देखिएको छ ।
सोही फर्मूलालाई अपरेटरहरुले यता हाइड्रोमा उचालिएका मूल्यमा नाफा बुकिङ्ग भइरहेको छ । तर उता सर्वसाधारण भने जेनजी स्टकहरु नबढेर मूल्य घटेपछि धमाधम कित्ता बेचिरहेका छन् । फेरि यता अपरेटरहरु पनि धमाधम सस्तैमा जेनजी स्टकहरु उठाइरहेका भेटिन्छन् ।
बजारमा चक्र र प्रवृत्ति उस्तै हुन्छन् । मूल्य उचाल्ने बिक्री गर्ने नाफा सुरक्षित गर्ने । अहिले जेनजी स्टकपछि हाइड्रोमा पनि त्यस्तै हुँदैछ ।
प्राविधिक रुपमा भन्नुपर्दा हाइड्रो सेक्टर सेलिङ्ग जोनमा छ । हाइड्रोबाट स्मार्ट मनी नाफा सुरक्षित गर्न थालिसकेका छन् । तिनीहरुले डिफेन्सिभ स्टक तथा नबढेका इन्स्योरेन्समा पैसा खन्याउँदै छन् । कतिपयको भने उच्च मूल्य शेयर बिक्री गरी हातमा नै नगद बोरिहेका छन् । बजार अझै तल झर्ला कि भनी तिनीहरुले सपोर्ट एरियाका सेक्टरहरुको खरिद गर्ने सोच बनाइरहेका छन् ।
उता केही समयअघि कहिले नरोकिएलाझैं गरेको उत्पादन समूहको शक्ति पनि कमजोर बन्दै गइरहेको छ । तथापि उत्पादनस सेक्टरका केही सीमित स्टकहरुकमा बुलिस ट्रेण्ड नै छ । उत्पादन समूहको सूचकभन्दा पनि सीमित स्टकहरुको मुभ हुने सम्भावना प्रबल छ । अर्थात् स्टक स्पेसिफिक र्याृलीको सम्भावना रहेको छ ।
चेतावनी – यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान – यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।