काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा रिलायन्स स्पिनिङ्ग मिल्स लि. र सालपा विकास बैंकको आईपीओ सूचीकृत भएको छ।
सालपा विकास बैंकको ५२ लाख २३ हजार ८८० कित्ता र रिलायन्स स्पिनिङ मिल्सको १ करोड ९० लाख कित्ता सेयर सूचीकरण गरिएको हो।
दुवै कम्पनीको दोस्रो बजारमा कारोबार आगामी फागुन ४ गतेदेखि सुरु हुनेछ। दुवै कम्पनीकाको पहिलो कारोबारका लागि नेप्सेले १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ।
प्राथमिक बजारमा योग्य संस्थागत लगानीकर्ताले रिलायन्सको शेयर प्रति कित्ता रु. ९१२ मा खरिद गरेका थिए । प्राथमिक बजारमै सर्वसाधारणले ५० कित्ताका दरले प्रति कित्ता रु. ८२० मा खरिद गरेका छन् ।
ओपनिङ रेन्जमा परिवर्तन
नेप्सेले अब कम्पनीको नेटवर्थको ३ गुणा होइन, अंकित मूल्य( पार भ्यालू रु.१ सय) को ३ गुणासम्म मात्रै ओपनिङ रेन्ज दिने व्यवस्था लागू गरेको छ।