काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन सम्बन्धी कार्य गर्नको लागि एनआईसी एशिया क्यापिटल निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु.१०० अंकित दरका ५०,९८,०४० कित्ता शेयरले हुन आउने रकम रु.५०,९८,०४,००० को १ः१.५ बराबर अर्थात रु.१०० अंकित दरका ७६,४७,०६० कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको भएको छ ।
उक्त सम्झौता पत्रमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको तर्फबाट अख्तियार प्राप्त प्रमुख कार्यकारी अधिकृत सदिच्छा कार्की र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गर्नु भएको छ ।
एनआईसी एशिया क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हालसम्म सामूहिक लगानी कोष तथा डिबेन्चर सहित २० वटा कम्पनीको धितोपत्र निष्काशन र ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन कार्य सम्पन्न गरेको छ । उक्त निष्काशन तथा बिक्री प्रवन्धक सेवा मार्फत हाल सम्म रु.१९ अर्व ३४ करोड भन्दा बढी रकम समेत संकलन गरिदिन सफल भएको छ ।