यी ६ कम्पनीले बजारमा पिट्दैछ धमाका, आइपीओमा लगानी गर्नेलाई बम्पर नाफा

अर्थबिट २०८२-१२-१८ ०४:२४:०० बजे

Symbolic Picture

काठमाण्डौ । बुधबार शेयर बजार उच्च अंकले घट्यो तर नयाँ कम्पनीका शेयरमूल्यमा भने एकैदिन १० प्रतिशत बढेको छ । 

बजारमा भारी अंकको गिरावट आइरहेका बखत भर्खरै सूचीकृत भई दोस्रो बजारमा कारोबार भइरहेका नयाँ कम्पनीका शेयरमूल्यमा एकैदिन १० प्रतिशतले उछाल आएको हो । 

नेप्सेका अनुसार बुधबार रिलायन्स स्पिनिङ्ग मिल्स,सुपर खुदी हाइड्रोपावर,भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयरमूल्यमा एकैदिन-१० प्रतिशत) भारी वृद्धि भएको छ । 

रिलायन्स स्पिनिङ्ग मिल्सको १० प्रतिशत अर्थात् रु.२६७.९० ,सुपर खुदी हाइड्रोपावरको १० प्रतिशत अर्थात् ४८.३०,भुजुङ्ग हाइड्रोपावरको ९.९९ प्रतिशत अर्थात् ५७.८०, रिज लाइन इनर्जीको ९.९९ प्रतिशत अर्थात् ३९.९०,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ प्रतिशत अर्थात् रु.३७.८० र होटल फरेष्ट इनको ९.९८ प्रतिशत रु.३४.९० बढेको नेप्सेले जानकारी दिएको छ । 

नयाँ कम्पनीको शेयरमा न्यून आपूर्ति हुने र ट्रेडिङ्गबाट छिट्टै मुनाफा लिने लोभलालचमा उच्च खरिद चापका कारण शेयरमूल्य लगातार बढिरहेको देखिन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।