काठमाण्डौ । बुधबार शेयर बजार उच्च अंकले घटेको छ ।
बुधबार बजार परिसूचक ७४.७३ अंकले घटेको हो । परिसूचक घट्यो तर टर्नओभर भने हिजोको तुलनामा बढेको छ । यो दिन १२.११ अर्ब रुपैयाँको शेयर खरिदबिक्री सम्पन्न भयो ।
परिसूचकमा भारी अंकको गिरावट आउनुका साथै सबै सेक्टर राताम्मे बने । बुधबार २५५ कम्पनीको शेयरमूल्य घटेको थियो भने १३ वटाको मात्रै बढेको थियो ।
अर्थबिटले मंगलबार ट्रेण्ड रिभर्सलको संकेत गर्दैै ३१ सयतिर लम्किन सक्ने एउटा शर्तमा विश्लेषण गरेको थियो । यदि बजारले २८ सय ३० तल ब्रेकडाउन गर्दछ भने छिट्टै २७ सय ५० सम्म झर्नसक्छ । नभन्दै द्रूत गतिमा एकैदिनमा २७ सय ५० आसपास बुधबार बजार आइपुग्यो ।
अनि अर्को अवस्था २८ सय ३० माथि टिक्न सकेको खण्डमा मात्रै फेरि २९ सय ५० देखि ३ हजार विन्दूसम्म बजारले टेष्ट गर्नसक्छ भन्ने विश्लेषण थियो।
प्रफिट बुकिङ्गका कारण बजार करेक्सन फेजमा, परिसूचक २७ सय ५० सम्म झर्ने सम्भावना
बजार २८ सय ३७ तल ओर्लिसकेको छ । छोटो अवधिका लागि बजार वियरिस यात्रातर्फ गइरहेको संकेत गर्दछ । आजको क्याण्डल रातो ठूलो वियरिस क्याण्डल बनेको छ ।
बजारको डाउनसाइड मोमेन्टम बढ्दै गइरहेको छ । बजारको मोमेन्टम स्पष्ट रुपमै कमजोर हुँदैछ । बजार अझ तल जाने ठाउँ छ ।
म्याकडीले पनि डाउनट्रेण्ड कन्फर्मेसनको सिग्नल दिइसकेको छ ।
बिहीबार बजार हल्का तलतिर अथवा साइडवेज बस्न सक्छ । तथापि ओरालो यात्रामा हिँडिरहेको बजार २७ सयसम्म ओर्लिनसक्छ ।
यति हुँदाहुँदै पनि यदि भोलि प्रिओपन सेसनमा शानदार वृद्धि भएमा २८ सय ३० सम्म जानसक्छ । तर बिक्री दबाब आउने सम्भावना छ ।
समग्रमा बजार अहिले प्रफिट बुकिङ्ग फेजमै छ । केही समयका लागि वियरिस ट्रेण्ड छ । अर्को मुभ तलतिर हुने कि साइडवेज हुनेमा द्विविधमा छ बजार ।
अबको रणनीति
निरन्तर झरिरहेको बजारमा नयाँ प्रवेश वर्जित छ । अब २७ सय तलतिर ओर्लिएपछि मात्रै शेयर खरिद गर्न उपयुक्त हुनेछ । यदि आफूसँग डिम्याट खातामा शेयर छ भने आंशिक प्रफिट बुकिङ्ग गर्न सकिन्छ ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।