बजार कमजोर भएकै हो त ?

अर्थबिट २०८२-१२-१९ ०९:११:०० बजे

काठमाण्डौ बिहीबार शेयर बजारले झिनो आशा छोडेर बन्द भएको छ । 

शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार परिसूचक सामान्य अंकको सुधारसहित बन्द भएको हो । 

यो साता लगानीकर्ताहरुलाई निक्कै तनाव दिएको बजारले साताको अन्तिम कारोबार दिन बिहीबार भने हरियोमै बन्द भएको छ  । यो दिन ५.८२ अंकले बढेर बन्द हुन पुग्यो । करिब ८.१२ अर्ब रुपैयाँ हाराहारीको शेयर खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ । 

अर्थबिटले बुधबार गम्भीर मोडमा शेयर बजार शीर्षक राखी विश्लेषण गर्दा प्रिओपन सेसनमा शानदार परिसूचक वृद्धि भएमा २८ सय ३० सम्म जाने सम्भावना रहेको जाहेर गरेको थियो । प्रिओपनमा सामान्य ५ अंकले घटे तापनि इन्ट्रा डेमा भने बजार परिसूचक २८ सय ८ विन्दूसम्म पुगेको थियो । स्मरण रहोस् अर्थबिटले गत चैत १५ गते प्रफिट बुकिङ्गका कारण बजार करेक्सन फेजमा, परिसूचक २७ सय ५० सम्म झर्ने सम्भावना , परिसूचक २७ सय ५० सम्म झर्ने सम्भावना शीर्षकमा विश्लेषण गरेको पनि थियो । बजारले आजै २७ सय ४१ विन्दूसम्म ओर्लिएर सामान्य अंकको सुधारसहित अन्तमा बजार हरियोमै बन्द हुन पुग्यो । समग्रमा बजारमा प्रफिट बुकिङ्ग र उधारो शेयर कारोबारको सेटलमेन्टको असरले समेत बजार करेक्सन फेजमै छ । 

प्राविधिक रुपमा बजार छोटो अवधिका निमित्त कमजोर हुँदै गइरहेको विषयलाई स्वीकार्नुपर्छ । बजारमा मोमेन्टम कमजोर हुनुमा बिक्री दबाब एक प्रमुख कारण हो । अहिले बजारमा बिक्रीकर्ताहरु सक्रिय भएको प्रष्टै देखिन्छ । 

बजारको अब सम्भावित दिशा साइडवेज हुँदै हल्का वियरिस जाने सम्भावना अकिल बढी देखिन्छ । २७ सय ५० देखि २८ सयका बीच बजार कन्सोलिडेसन हुनसक्छ । 

यदि बिक्री दबाब थप बढेमा बजारले २७ सय २० देखि २७ सयसम्म ओर्लिने सम्भावना पनि नदेखिएको होइन । यो विन्दू पनि ब्रेकडाउन गरेको खण्डमा थप गिरावट सम्भव रहला । 

अर्को सम्भावना, यदि बजार २८ सय ५० माथि क्लोज हुन सक्यो भने रिकभरी सिग्नल हुनेछ , जसको सम्भावना निकै कम पनि छ ।

अहिले बजार करेक्सन फेजमा छ । अर्को कारोबार दिन अर्थात् आइतबार साइडवेजका साथै हल्का वियरिस हुने सम्भावना बढी छ । 

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।