काठमाण्डौ । साताभर बजारमा प्रफिट बुकिङ्गका कारण करेक्सनको लहड चल्यो । धितोपत्र कारोबार मापक नेप्से परिसूचक २९ सय ५० भन्दा माथि पुगेको बजारमा अल्पकालीन कारोबारीहरुले प्रफिट बुकिङ्गकै कारण २ सय अंकसम्म गिरावट आएको थियो ।
हाल बजार २७ सय ८२ विन्दूमा रहेको छ । बजारको रेसिस्टेन्स जोन २८ सय ८० देखि ३ हजार विन्दू रहेको देखिन्छ । सपोर्ट लेभल चाहिँ २७ सयदेखि २५ सय रहेको देखिन्छ ।
आरएसआई न्यूट्रोल जोन ५५ मा छ, जसले बजार अझै माथि जाने ठाउँ छ भन्ने जिकिर गर्दछ । म्याकडीमा बुलिस सिग्नल आएको छ ।
बजार ३ हजार सेरोफेरोबाट बारम्बार फर्किएको छ । यसपालि पनि सोही विन्दूबाट बिक्री दबाब आएको थियो ।
ट्रेण्ड अझै सकारात्मक छ । बजारमा भोल्युम बढ्यो तर ब्रेकआउटको प्रयास भयो तर टिकेन ।
अब यस साता पनि बजारले करेक्सन नै लिने सबैभन्दा धेरै सम्भावना छ । बजार २७ सय ५० हुँदै २७ सयसम्म ओर्लिनसक्छ । यो स्वस्थ्य पुलब्याक पनि हो । त्यहाँबाट बाउन्स आयो भने बजार माथि पनि जानसक्छ ।
अर्को सम्भावना अब बजार २७ सय र २९ सयका बीच घुमिरहनसक्छ । ब्रेकआउट अघि एकुमुलेसन हुुनुपर्छ ।
यदि ठूलो भोल्युमसहित २९ सय ब्रेक गरेमा बजार ३१ सयमाथि पनि जानसक्छ ।
यदि २७ सय तल गयो भने बजार २५ सय ५० सम्म ओर्लिनसक्छ ।
बजार अहिले सीधै बढ्ने होइन । बजार अझै करेक्सन फेजमै छ । अझै केही समय बजार थोरै घट्ने अथवा साइडवेज हुने सम्भावना छ ।
बजार २७ सय होल्ड भए बुलिस ट्रेण्ड नै छ ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।