काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ ।
आइतबार बजार सूचक १०५.५ अंकले गिरावट आएको हो । नेप्से परिसूचक २६ सय ७६ विन्दू कायम भएको छ । परिसूचकको भारी गिरावटसँगै रु. १२.३८ अर्बको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।
यो दिन १३ वटै उपसमूहमा राताम्मे भएको थियो । २६१ कम्पनीका शेयरमूल्य घट्न पुगेको आइतबार ७ कम्पनीको मात्रै शेयरमूल्य बढेको नेप्सेले जनाएको छ ।
बजारमा प्रफिट बुकिङ्गकै कारण तीव्र करेक्सन आएको देखिन्छ । आज बनेको ठूलो वियरिस क्याण्डलले प्यानिक बिक्री दबाब रहेको छनक देखिन्छ ।
बजारको डाउन मुभमा भोल्युम बढेको छ । यसले बिक्री दबाब जेन्यून रहेको बताउँदछ ।
शनिबार अर्थबिटले यदि २७ सय तल गयो भने बजार २५ सय ५० सम्म ओर्लिनसक्छ भन्ने विश्लेषण गरेको थियो । बजार २७ सयमुनि जानु भएको वियरिस ट्रेण्ड हो ।
बजार यदि २७ सयमुनि सस्टेन भए २६ सय ४० मा सपोर्ट लेभल रहेको छ । अब प्यानिक बिक्री दबाब जारी नै रहनसक्छ ।
तथापि २६ सय ७० देखि २७ सयको बीचबाट डेट क्याट बाउन्सको सम्भावना पनि छ । २७ सय २० देखि २७ सय ५० सम्म बजार पुगे फेरि त्यहाँबाट बिक्री दबाब आउनसक्छ ।
अहिले बजारमा आक्रमक खरिद गर्नु निक्कै जोखिमपूर्ण रहेको देखिन्छ । पुलब्याकमा बिक्री गरी प्रफिट बुक गर्ने रणनीति उपयुक्त हुनेछ ।
समग्रमा बजार बुलिस ट्रेण्डबाट करेक्सन फेजमा गएको छ । बजार साइडवेज वा वियरिस ट्रेण्ड नै समाउने देखिन्छ । स्मार्ट मनीको प्रफिट बुकिङ्ग मुडमा देखिन्छ । ठूला लगानीकर्ता बाहिरिएको प्रष्ट देख्न सकिन्छ ।
चेतावनी ः यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान ः यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।