काठमाण्डौ । विगत धेरै दिनदेखि लगातार पोजिटिभ सर्किट लागेर बढिरहेको रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ ।
सोमबार रिलायन्सको रु.१ अर्ब १३ करोड ५८ लाख ५८ हजार १५४ बराबरको शेयर खरिदबिक्री नेप्सेले जानकारी दिएको छ । यो दिन सबैभन्दा सर्वाधिक कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ९ हजार ६८३ पटकमा ३ लाख २६ हजार ११७ कित्ता शेयर खरिदबिक्री भयो ।
रिलायन्सको शेयर सोमबार निक्कै उत्तारचढावमय बनेको थियो । भोलाटाइल हुँदै सोमबार कम्पनीको अन्तिम मूल्य रु.३५ सय ९ कायम हुन पुगेको थियो । तर आजकै दिन सो कम्पनीको मूल्य रु. ३९ सय २२ दशमलव ६० पैसासम्म किनबेच भयो ।
आज कम्पनीको मूल्य रु. ३९ सय २२ दशमलव ६० पैसामा विभिन्न ब्रोकरले शेयर बिक्री गर्न भ्याए । ब्रोकर नं.५८,९६ र ९२ बाट रिलायन्सको शेयर उच्च मूल्यमा बिक्री गर्न सफल बने ।