बजारले २९ सयमाथि फेरि रिटेष्ट गर्ने सम्भावना तर ...

अर्थबिट २०८२-१२-२३ ०६:५४:०० बजे

काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक उच्च अंकले सुधार भएको छ । 

आइतबार बजार परिसूचक १०५.५ अंकले गिरावट आएकोमा सोमबार ८३.३३ अंकले सुधार आएको हो । यससँगै नेप्से परिसूचक २७ सय ६० विन्दू कायम भएको छ । सोमबार परिसूचकको सुधारसँगै रु. १०.९३ अर्बको शेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ । 

यो दिन १३ वटै उपसमूहमा हरियाली छाएको थियो । २६४ कम्पनीका शेयरमूल्य बढेको सोमबार १ कम्पनी स्थिर रही ३ कम्पनीको मात्रै शेयरमूल्य घटेको छ ।

सोमबार डेट क्याट बाउन्सको सम्भावना !

अर्थबिटले आइतबार बजार २६ सय ७० देखि २७ सयको बीचबाट डेट क्याट बाउन्सको सम्भावना रहेको विश्लेषण गरेको थियो । २७ सय २० देखि २७ सय ५० सम्म बजार पुगेमा फेरि त्यहाँबाट बिक्री दबाब आउन सक्ने दाबी गरेकोमा आज सोमबार इन्ट्राडेमा बजार २७ सय ७५ पनि पुग्यो तर अन्तिममा २७ सय ६० मा बन्द हुन पुग्यो । 

सकारात्मक रुपमा बजार हेर्ने हो भने अब २८ सयको रेसिस्टेन्सलाई तत्काल हेर्नुपर्छ । तथापि बजारले २६ सय आसपास सपोर्ट लेभल बनाएको देखिन्छ । 

आजको बजार बढाईले लगानीकर्ताहरुमा केही राहत र आशा पलाएको छ । नकारात्मक मनोविज्ञानमा केही ब्रेक लागेको अवस्य पनि छ । लगानीकर्ताहरुको आत्मबल र विश्वासले नै आगामी दिनमा बजारले दिशा तय गर्ने कुरामा कुनै शंका नै छैन । 

भोलि मंगलबार बजार खुलेपछि हल्का बाउन्स र साइडवेज हुने सम्भावना अधिक छ । त्यसपछि फेरि बिक्री दबाब आउनसक्छ । भोलि नै बजार २६ सय ८० को क्षेत्र टेष्ट गर्न नआउला पनि भन्न सकिन्न । 

यदि बजार मंगलबार २७ सय ६० माथि सस्टेन हुन सकेन भने २६ सयतिर झर्न सक्छ । 

अर्को अवस्था, यदि भोल्युमसहित २८ सय ब्रेक गर्यो भने चाहिँ फेरि २९ सयमाथि रिटेष्ट गर्ने सम्भावना रहन्छ ।  

छोटो अवधिमा अहिले हेर र पर्खकै रणनीतिमा बस्नु राम्रो हुनसक्छ । २६ सय आसपास बजारले कस्तो किसिमको प्रतिक्रिया जनाउँदछ,त्यसैलाई सूक्ष्म विश्लेषण गर्न आवश्यक छ । 

बजार २५ सय ६० देखि २६ सय २० को क्षेत्रमा एकुमुलेसन हुनेछ । तथापि २५ सय ५० तल ब्रेकडाउन भए बजारमा ठूलो करेक्सन देखिनेछ । 

बजार अहिले द्विविधामा छ । स्पष्ट रुपमा ट्रेण्ड चिन्न नसकिएको अवस्था हो । कन्फर्मेसन कुर्नुको विकल्प छैन ।  

 

चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।