आर्यतारासहित १० ब्रोकर कम्पनीबाट मार्जिन कारोबार सुविधा उपलब्ध गराउन शुरु

अर्थबिट २०८३-०६-१९ १८:३१:४७ बजे

काठमाण्डौ । दश वटा स्टक ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन शुरु गरेका छन् । 

नेप्सेका अनुसार दश वटा स्टक ब्रोकर कम्पनीहरुले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन शुरु गरेका हुन् । 

ब्रोकर नं.१४ नेपाल स्टक हाउस, ३३ नं. दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज, १४ नं. भिजन सेक्युरिटीज, ४५ नं. इम्पेरियल सेक्युरिटीज, ४८ नं. त्रिशक्ति सेक्युरिटीज, ५० नंं. क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज, ५७ नं. आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज, ५८ नंं. नासा सेक्युरिटीज, ३८ नं. दीपशीखा धितोपत्र काराबार कम्पनी र ७४ नं. कलश स्टक मार्केटले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन शुरु गरेका छन् । 

आर्थिक वर्ष २०८२–८३ मा मार्जिन कारोबार सुविधा प्रदान गर्न ३१ ब्रोकर कम्पनीले अनुमति प्राप्त गरेको नेप्सेले जानकारी दिएको छ । 

यसैगरी नेप्सेले हालसम्म २४ ब्रोकर कम्पनीलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न आशयपत्र दिइसकेको छ । 

आ.व.२०८२/८३ मार्जिन कारोबार सुविधा प्रदान गर्ने अनुमतिपत्र प्राप्त कारोबार सदस्यहरुको नामावलीः

सि.नं. कारोबार सदस्यको नाम स.द.न.

१. क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रा.लि. ५०

२. सेक्यूर्ड सेक्युरिटिज.लि. ३६

३.  भिजन सेक्युरिटिज प्रा.लि. ३४

४. प्राइमो सेक्युरिटिज प्रा.लि. १६

५. कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि. ३५

६. दिपशिखा धितोपत्र कारोबार कं. प्रा.लि. ३८

७. ईम्पेरियल  सेक्युरिटिज प्रा.लि. ४५

८. दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउस प्रा.लि. ५९

९. आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.. ५७

१०. डाइनामिक मनि मेनेजरस सेक्युरिटिज प्रा.लि. ४४

११. दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि.. ३३

१२. स्वेता  सेक्युरिटिज प्रा.लि. २५

१३. सूमेरु  सेक्युरिटिज प्रा.लि. ३९

१४. निभ  सेक्युरिटिज प्रा.लि. ४७

१५. श्रीहरी सेक्युरिटिज प्रा.लि. ५६

१६. नासा सेक्यूरिटीज् क.लि. ५८

१७.  सिप्रवी सेक्युरिटिज प्रा.लि. २२

१८. भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि ५५

१९. सुन्धारा सेक्युरिटीज लि. ५२

२०.  क्रियटिभ सेक्युरिटीज प्रा.लि. ४०

  २१.  त्रिशक्ति सेक्युरिटिज पब्लिक लि. ४८

२२. एबीसि सेक्युरिटिज प्रा.लि. १७

२३.  श्रीकृष्ण सेक्युरिटिज लिमिटेड २८

२४. अनलाईन सेक्युरिटिज लिमिटेड ४९

२५ सनी सेक्यूरिटिज कम्पनी लिमिटेड ४२

२६. ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट प्रा.लि. ०४

२७. कालिका सेक्युरिटिज प्रा.लि. ४६

२८. नबिल स्टक डिलर लि. ७७

२९. नागरिक स्टक डिलर कम्पनी लि. ६०

३०. एन.आई.एम.बि. स्टक मार्केट्स लि. ७५

३१. हिमालयन सेक्युरिटिज लिमिटेड ९६

आशयपत्र प्रदानः

सि.नं. कारोबार सदस्यको नाम स.द.न. आशयपत्र प्रदान

१. प्रिमियर सेक्युरिटिज कं.लि. ३२ २०८२।१२।२२

२. क्यापिटल म्याक्स सेक्युरिटिज लि. ६२ २०८२।१२।२२

३. सन सेक्युरिटिज प्रा.लि. ६४ २०८२।१२।२२

४. शेयरप्रो सेक्युरिटिज प्रा.लि. ६५ २०८२।१२।२२

५. के.बि.एल.सेक्युरिटिज लि. ९४ २०८२।१२।२२

६. एस.पी.एस.ए. सेक्युरिटिज लि. ८७ २०८२।१२।२३

७. इन्डेक्स सेक्युरिटिज लि. ६९ २०८२।१२।२३

८. इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल प्रा.लि. ५३ २०८२।१२।२३

९. नेपाल स्टक हाउस प्रा.लि. १४ २०८२।१२।२३

१०. सजिलो ब्रोकर लि. ९० २०८२।१२।२७

११. माछापुच्छ«े सेक्युरिटिज लि. ७६ २०८२।१२।२७

१२. कलश स्टक मार्केट प्रा.लि. ७४ २०८२।१२।२७

१३. ब्रिलियन्ट सेक्युरिटिज प्रा.लि. ०८ २०८३।०१।०८

१४. जे.एफ.सेक्युरिटिज कम्पनी प्रा.लि. ०७ २०८३।०१।११

१५. क्यापिटल हव प्रा.लि. ८५ २०८३।०१।११

१६. रोडसो सेक्युरिटिज लि. ९२ २०८३।०१।११

१७. म्याग्नेट सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रा.लि. ९५ २०८३।०१।११

१८. साउथ एशियन बुल्स प्रा.लि. ४३ २०८३।०१।१६

१९. प्रोपर्टी बिजार्ड लिमिटेड ६७ २०८३।०१।१६

२०. एशियन सेक्युरिटिज प्रा.लि. २६ २०८३।०१।२५

२१. हिमालयन ब्रोकरेज कम्पनी लिमिटेड ६३ २०८३।०१।२५

२२. आकाशभैरव सेक्युरिटिज लिमिटेड ८१ २०८३।०१।२५

२३. श्ुभकामना सेक्युरिटिज प्रा.लि. ७१ २०८३।०२।०४

२४. ब्लु चिप सेक्युरिटिज लि. ८८ २०८३।०२।०४

नेप्सेमा मार्जिन कारोबार एउटा महत्त्वपूर्ण सुविधा हो, जसले लगानीकर्ताहरूलाई ब्रोकरबाट ऋण लिएर क्षमताभन्दा बढी सेयर खरिद गर्न अनुमति दिन्छ।

मार्जिन कारोबार भनेको लगानीकर्ताले आफूसँग भएको निश्चित रकम (धोनी वा कोल्याटरल) धितो राखेर वा ब्रोकरसँग मार्जिन खाता खोलेर, ब्रोकरबाट थप रकम वा सेयर कर्जा लिई सेयर बजारमा कारोबार गर्ने सुविधा हो। यसमा लगानीकर्ताले आफ्नो लगानीलाई 'लेभरेज'  गर्न सक्छन्।

नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको निर्देशिका अनुसार योग्य धितोपत्र ब्रोकरहरूले मात्र मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्छन्।

सबै कम्पनीहरूको सेयरमा यो सुविधा पाइँदैन। नेपाल राष्ट्र बैंक र नियमनकारी निकायको मापदण्ड पूरा गरेका निश्चित 'क' वर्गका वा राम्रा वित्तीय सूचक भएका कम्पनीहरूमा मात्र यो सुविधा उपलब्ध हुन्छ।

सामान्य ब्रोकर खाताभन्दा छुट्टै मार्जिन कारोबारका लागि विशेष सम्झौता गरी मार्जिन खाता  खोल्नुपर्छ।

लगानीकर्ताले ३० प्रतिशत रकम वा योग्य सेयरहरू ब्रोकरकहाँ धितोको रूपमा राख्नुपर्छ जसलाई Initial Margin भनिन्छ।

ब्रोकरले लगानीकर्ताको क्षमता र धितोको आधारमा निश्चित अनुपातमा सेयर खरिदका लागि कर्जा लगानी गर्छन्।

बजार घटेमा जोखिम: यदि बजार तपाईंले किनेको सेयरको मूल्य घट्दै गयो र धितोको मूल्य तोकिएको सीमाभन्दा तल झर्यो भने ब्रोकरले 'मार्जिन कल' गर्छ। यसको मतलब तपाईंले तुरुन्तै थप नगद वा धितो राख्नुपर्ने हुन्छ।

यदि लगानीकर्ताले तोकिएको समयभित्र थप मार्जिन वा रकम थप गर्न नसकेमा, ब्रोकरले जोखिम व्यवस्थापनका लागि तपाईंको सेयर स्वतः बिक्री गरिदिन सक्छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।