काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा सुधार आएको छ ।
मंगलबार नेप्से परिसूचक झण्डै १२ अंकले सुधार भई २५ सय ७८ विन्दू कायम भएको हो । यो दिन रु.३.१४ अर्ब हाराहारीको मात्रै शेयर खरिदबिक्री भएको थियो ।
लगातार डाउनट्रेन्ड समातेको बजारले अल्पकालका लागि रिबाउन्ड गर्ने प्रयास गरेको देखिन्छ । तथापि कारोबार रकम निकै कम भएकाले यो सुधारलाई बलियो रिभर्सल भने भनिहाल्न मिल्दैन ।
बजार २५ सय ५० आसपासको जोनमा आंशिक खरिदको इच्छा देखिन्छ ।
यदि बुधबार बजारले २६ सयमाथि टिक्छ भने २६ सय २० को जोनतिर उन्मुख हुने सम्भावना अलिक बढी छ ।
यता बजारले फेरि युटर्न गर्दै २५ सय ५० विन्दूलाई ब्रेकडाउन गरेमा २५ सय २० तर्फ उन्मुख हुने सम्भावना देखिएको छ ।
भोलि बजार परिसूचक बढे तापनि ४ अर्ब कारोबार पार गर्दैगर्दा २६ सय २० पुग्छ कि पुग्दैन भन्ने कुरा चाहिँ महत्वपूर्ण हुनेछ । यसो भएमा मात्रै रिबाउन्डले विश्वसनीयता वृद्धि गर्दछ । २६ सय आसपास पुग्दा कम कारोबार भयो भने प्रफिट बुकिङ्ग आउनसक्छ ।
बजार अहिले महत्त्वपूर्ण टेवा क्षेत्रको नजिक रहेर सम्हालिने प्रयास गर्दैछ। भोलिको कारोबारको पहिलो आधा घण्टाको प्रवृत्ति र भोल्युमको स्थिति हेरेर मात्रै थप लगानीको निर्णय लिनु उपयुक्त हुन्छ। जोखिम व्यवस्थापनलाई ध्यानमा राखेर मात्र अगाडि बढ्नुहोला।
नोट: यो विश्लेषण प्राविधिक चार्टमा आधारित शैक्षिक उद्देश्यका लागि मात्र हो। सेयर बजार जोखिमयुक्त हुने हुनाले कुनै पनि लगानीसम्बन्धी निर्णय लिनु अगाडि आफ्नो वित्तीय सल्लाहकारसँग परामर्श गर्नुहोला।
पुनश्चः यहाँ उपलब्ध जानकारी केवल शैक्षिक उद्देश्यका लागि मात्र हो। यस अनलाइनका सुझावहरूबाट हुने कुनै पनि नाफा वा नोक्सानीका लागि हामी जिम्मेवारी हुने छैनौँ । कुनै पनि निर्णय लिनु अगाडि आफ्नो आधिकारिक वित्तीय सल्लाहकारसँग सल्लाह गर्नुहोला।