काठमाण्डौ । हालसालै आईपीओ निष्कासन गरेको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको शेयर यसै साता नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत हुने भएको छ ।
एक्सचेञ्ज्का अनुसार यसै साताको भोलि बिहीबार वा पर्सि शुक्रबार सूचीकृत हुने भएको हो ।
नेगेटिभ नेटवर्थ भएको बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको साधारण तथा संस्थापक शेयर सूचीकरणको लगभग सबै प्रक्रिया अन्तिम चरणमा पुगेको नेप्सेले जनाएको छ ।
बेनीको नेटवर्थ अंकित मूल्य रु. १०० भन्दा तल रहेको छ । अर्थात् कम्पनीको नेटवर्थ रु.९१.२७ हो । सोहीअनुरुप नेप्सेले पहिलो कारोबारको सीमा न्यूनतम रु.९१.२७ देखि अधिकतम रु.२७३.८१ कायम गर्नेछ ।
बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरूका लागि ८,६३,२०० कित्ता साधारण शेयर निष्कासन गरेको थियो। कम्पनीको कुल जारी पुँजी: रु. १ अर्ब ४ करोड (जसको २०% ले हुन आउने २०,८०,००० कित्ता साधारण शेयर सर्वसाधारण समूहका लागि छुट्याइएको थियो, जसमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू पश्चात सर्वसाधारणका लागि उक्त परिमाणमा निष्कासन गरिएको हो)।