काठमाण्डौ । कालीगण्डकीको बाढीले टावरमा क्षति भएका कारण ५ मेगावाट क्षमताको घलेम्दी खोला जलविद्युत आयोजनाको विद्युत प्रसारण पूर्ण रूपमा बन्द भएको छ ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई पत्राचार गर्दै यो जानकारी दिएको हो ।
कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दाना कुस्मा २२० के.भि.प्रसारण लाइनको टावरमा क्षति पुग्दा घलेम्दी हाइड्रो लिमिटेडद्वारा सञ्चालित ५ मेगावाटको घलेम्दी खोला जलविद्युत आयोजनाको विद्युत प्रसारण पूर्ण रूपमा अवरुद्ध भएको हो।
गत असोज ११ गते आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको दाना–कुस्मा प्रसारण लाइनका टावरहरूमा क्षति पुर्याएको छ। प्रसारण लाइनमा क्षति पुगेसँगै आयोजनाबाट राष्ट्रिय प्रणालीमा भइरहेको विद्युत प्रवाह पूर्ण रूपमा बन्द भएको र आयोजना पनि हाल पूर्ण रूपमा बन्द रहेको कम्पनीले जनाएको छ।