बजार विश्राम मुडमा , दोधारको अवस्था रहेको संकेत

अर्थबिट २०८३-०६-२१ १७:३३:३७ बजे

काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । 

परिसूचक घटे तापनि कारोबार रकम भने मंगलबारको तुलनामा सुधार आएको छ । बुधबार नेप्से परिसूचक ६.३८ अंकले करेक्सन भई २५ सय ७२ विन्दू कायम भएको हो । हिजो मंगलबार रु.३.१४ अर्ब हाराहारीको मात्रै शेयर खरिदबिक्री भएकामा आज बुधबार भने ३.७५ अर्ब कारोबार भयो ।  

कारोबारको प्रकृति हेर्दा पनि भोल्युममा बलियो एकुमुलेसनको स्पष्टता देखिँदैन । 

बजारको पहिलो महत्वपूर्ण सपोर्ट लेभल २५ सय ६० रहेको छ । तत्कालको रेसिस्टेन्स लेभल भने २५ सय ८० देखि २६ सय विन्दू रहेको छ । 

बिहीबार बजार साइडवेज वा वियरिस हुने सम्भावना छ । २५ सय ६० आसपास बजारले भोलि कस्तो प्रतिक्रिया जनाउँदछ सो विषय नै सबैभन्दा महत्वपूर्ण हुनेछ । 

पछिल्लो केही सत्रहरूमा बजार निरन्तर करेक्सन वा सुस्त गतिमा रहेको देखिन्छ। आजको क्यान्डल सानो बडी भएको बनेको छ, जसले बजारमा क्रेता  र बिक्रेता  बीच दोधार वा अनिर्णयको अवस्था रहेको संकेत गर्छ।

भोलुम सामान्य अवस्थामा  रहेको छ। यसले बजारमा अहिले कुनै ठूलो आक्रामक बिक्रिचाप वा भारी खरिद नभई बजारले एउटा निश्चित विन्दुमा विश्राम गरिरहेको बुझाउँछ।   

यदि भोलि बजारले २५६५ को सपोर्टलाई होल्ड गर्न सफल भयो र हरियो क्यान्डलसहित खरिदचाप देखियो भने बजार माथितिर फर्किन सक्ने सम्भावना रहन्छ।

यदि यो सपोर्ट तोडिएर तल झरेमा बजार केही समयका लागि अझै तलतिरको टेवा खोज्न जान सक्छ।

हालको बजारमा नयाँ ठूलो जोखिम लिनुको सट्टा 'पर्ख र हेर' को नीति अपनाउनु उपयुक्त हुन्छ। यदि तपाईंसँग कुनै खास कम्पनीको सेयर छ भने, त्यसको सपोर्ट र ट्रेन्ड हेरेर निर्णय लिनुहोला।

 

 

 

 

नोट: यो विश्लेषण प्राविधिक चार्टमा आधारित शैक्षिक उद्देश्यका लागि मात्र हो। सेयर बजार जोखिमयुक्त हुने हुनाले कुनै पनि लगानीसम्बन्धी निर्णय लिनु अगाडि आफ्नो वित्तीय सल्लाहकारसँग परामर्श गर्नुहोला।पुनश्चः यहाँ उपलब्ध जानकारी केवल शैक्षिक उद्देश्यका लागि मात्र हो। यस अनलाइनका सुझावहरूबाट हुने कुनै पनि नाफा वा नोक्सानीका लागि हामी जिम्मेवारी हुने छैनौँ । कुनै पनि निर्णय लिनु अगाडि आफ्नो आधिकारिक वित्तीय सल्लाहकारसँग सल्लाह गर्नुहोला।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।