अन्नपूर्ण आधार शिविरमा पदयात्राका लागि अग्रिम बुकिङ गर्दै विदेशी पर्यटक, व्यवसायी पनि उत्साहित
काठमाण्डौ।कोरोना कहरका कारण दुई वर्षसम्म प्रभावित अन्नपूर्ण आधार शिविरको पदयात्रा आगामी दिनमा भने बढ्ने आशा जागेको छ । पदयात्राको मुख्य याम आइरहँदा यतिखेर बेलायत, अष्टे«लिया लगायतका स्थानबाट अग्रिम बुकिङ हुन थालेपछि व्यवसायी पनि उत्साहित बनेका छन् । आगामी यामका लागि अग्रिम बुकिङहरू आउन थालेको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिनुभयो...