उपमहानगरपालिकाको छानबिन प्रतिवेदन भन्छ– बराहलाई संकटग्रस्त सहकारीको सूचीमा राख्दै ऐन बमोजिम कार्वाही
धरान।हजारौं सर्वसाधारणको अर्बौँ रकम चुलुम्मै डुबाएको बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छानबिन प्रतिवेदनले संकटग्रस्त सहकारीको सूचीमा राख्दै सहकारी ऐन,२०७५ बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
गत साउनमा धरान उपमहानगरपालिकाअन्तर्गत आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा बनेको ५ सदस्यीय छानबिन समितिले संकटग्रस्त...