एमसीसीको सहयोगमा सडक विभागमा निर्मित नयाँ प्रयोगशालाको उद्घाटन,रु. छ अर्ब ३८ करोड अनुदान
काठमाण्डौ।सडक विभाग, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) तथा मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) का प्रतिनिधिले आज एक समारोहबीच सडक विभागमा निर्माण गरिएका प्रयोगशालाहरूको संयुक्त रूपमा उद्घाटन गरेका छन् ।
सडकको गुणस्तरलाई दिगो बनाउन र दीर्घकालीन मर्मतसम्बन्धी आवश्यकता सम्बोधन गर्न एमसिए–नेपालले लिएको पहलमा सडक विभाग एक प्रमुख साझेदार हो ।...