किन उक्लेन नेप्से ३ हजार विन्दूमाथि?,यस्तो छ प्राविधिक विश्लेषक अशोक शाहको तर्क
काठमाण्डौ।चालू आर्थिक वर्षमै सेयर कारोबार मापक नेप्सेले हालसम्मकै सर्वाधिक उचाई चुमेको परिसूचक ३ हजार २०० विन्दूलाई ब्रेक गर्न पछिल्लो ४ पटकको प्रयास समेत असफल बनेको छ ।
नेप्से ३ हजार २०० विन्दूभन्दा माथि पुगेर करेक्सन भई ओरालो झरेपछि २ हजार ९०० विन्दू हाराहारी पुग्दै पुनः ओरालो झरेको मात्र चौथो पटक भइसक्यो । अर्थात् बजारले ३ हजार विन्दूभन्दा माथि उक्लने चौथो प्रयास पनि...