काठमाण्डौ । शेयर कारोबार हुने साताको अन्तिम दिन आज बिहीबार बजार परिसूचक र कारोबार रकम दुवैमा उछाल आएको छ ।
बिहीबार परिसूचक ६४.६९ अंकले बजार बढ्दा २१.२२ अर्ब रुपैयाँ हाराहारीको शेयर कारोबार भएको हो ।
बजार बढ्दो ट्रेण्डको निरन्तरतामा रहेको देखिन्छ । बजार २९ सय नजिक पुग्दा भोल्युमले समेत दरिलो साथ दिएको छ । जसले स्मार्ट पैसा भित्रिरहेको संकेत गर्दछ ।
बजारले २८ सय २० को सपोर्ट लेभल बनाएको छ । अब बजारले २९ सय २० लाई रेसिस्टेन्स बनाएको देखिन्छ । यदि सो विन्दू पनि ब्रेक भएमा अझै बजार माथि जाने सम्भावना छ ।
Strategy
-
Buy on dip: 2820–2850
-
Stop loss: 2780
-
Target: 2950 → 3050
बजारमा अब बुलिस ट्रेण्डकै निरन्तरता हुने सम्भावना बढेर गएको छ । यदि २८ सयमाथि बजार टिक्न सकेमा २९ सय ब्रेक गर्दै ३ हजार ५० विन्दूसम्म छिट्टै पुग्न सक्छ ।
अर्को सम्भावना, वियरिस ट्रेण्डको कम सम्भावना छ । यदि २८ सय तल ब्रेकडाउन भएमा बजार २७ सय ५० सम्म ओर्लिनसक्छ ।
बजार २८ सय सेरोफेरोमा कन्सोलिडेसन भई आज बिहीबार बलियो बुलिस क्याण्डल बनेको छ । बजारमा संस्थागत सहभागिता बढ्दैछ । यस बेला प्यानिक सेल नगरी करेक्सनमा शेयर खरिद गर्ने अवसर हो ।
चेतावनी : यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।
सावधान : यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् । अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।