एनआईसी एशिया क्यापिटलद्वारा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

अर्थबिट २०८२-१२-०९ ०६:२५:०० बजे

काठमाण्डौँ । ग्लोबल मनी विक २०२६ को अवसरमा एन आई सी एशिया क्यापिटलले मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सिन्धुपाल्चोकमा सम्पन्न गरेको छ ।

एन आइ सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनी विक २०२६ को अवसरमा मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम गत चैत्र ६ गते शुक्रबारका दिन सम्पन्न गरेको क्यापिटलले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत  दामोदर रायमाझीले ग्लोबल मनी विक २०२६ को मुख्य थिम “स्मार्ट मनी टल्क्स” मा आधारित भएर विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो पैसा कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराउनु भएको थियो । साथै उहाँले बैंक तथा डिम्याट खाता कसरी खोल्ने, प्राथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एस आई पी, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र मुद्रा बजार तथा पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो । 

सोही कार्यक्रममा दामोदर रायमाझीले एएमएल सिएफटी भनेको के हो र कारोवार गर्दा ध्यान दिनुपर्ने विविध पक्षको सम्बन्धमा समेत जानकारी गराउनु भएको थियो । उक्त कार्यक्रम अन्तर्गत अन्त्यमा सहभागि विद्यार्थीहरु तथा शिक्षकहरुको सहभागितमा मुद्रा बजार उपकरण तथा पूँजी बजारको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरकृया गरिएको थियो । 

उक्त कार्यक्रममा २२० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।