बजारमा रेड अलर्टको संकेत , २८ सयसम्म ओर्लिने सम्भावना

अर्थबिट २०८२-१२-०९ ०६:०२:०० बजे

काठमाण्डौ । धितोपत्र कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबारको तुलनामा कारोबार रकम भने घटेको छ । 

शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ५.०१ अंकको वृद्धिका साथ २९ सय ३६ दशमलव ५६ विन्दू कायम भएको छ । आइतबार २३.६ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएकोमा सोमबार भने १५.७९ अर्बमा सीमित भएको छ । 

परिसूचक सामान्य अंकले बढ्नु तर भोल्युम घट्नुलाई त्यत्ति सुखद संकेतका रुपमा लिइदैंन । 

बजारको पछिल्लो संरचना निक्कै महत्वपूर्ण मोडमा पुगेको छ ।

बजार परिसूचक २९ सय ४० को रेसिस्टेन्स जोनमा देखिन्छ । बजारमा बलियो बुलिस मोमेन्टम छ । भोल्युम पनि बढेकाले खरिदकर्ताहरु सक्रिय रहेको देखिन्छ । 

बजार २९ सय ४० देखि २९ सय ६० को सेरोफेरोमा मुख्य आपूर्ति जोन हो । यदि ब्रेकआउट भएमा मात्रै ३ हजार ५० सम्मको सम्भावना देखिन्छ । 

बजारले २८ सय ५० लाई सपोर्ट लेभल बनाएको छ । बलियो सपोर्ट जोन भने २७ सय ८० को क्षेत्र हो । 

यदि बजार २९ सय ४० ब्रेकआउट वा दैनिक क्लोजिङ्ग भएमा ३ हजार ५० सम्म पुग्ने सम्भावना बढी छ । जसमा मोमेन्टम र्याली लगातार हुनेछ । बैंकिङ्ग, हाइड्रो र मिडक्याप चल्ने सम्भावना रहन्छ । 

बजार २९ सय ४० को जोनमा रिजेक्सन भयो भने बजार २८ सयसम्मको पुलब्याक आउनसक्छ । जसलाई स्वस्थ करेक्सनका रुपमा बुझ्दै खरिद अवसरका रुपमा लिन सकिन्छ । 

बजार अहिले निकै महत्वपूर्ण क्षेत्रमा छ । अझ सामान्य भाषामा भन्नुपर्दा बजार अहिले ब्रेकआउटको ठीक अगाडि छ । 

अहिले सीधै शेयर खरिद गर्नुभन्दा ब्रेकआउट कन्फर्म वा अलिक तल करेक्सनमा खरिद गर्नु उपयुक्त हुनेछ । 

 

 

चेतावनी ः यो समाचारले तपाईं उत्तेजित हुन सक्नुहुन्छ । शेयर बजार जोखिमले भरिपूर्ण भएकाले स्वविवेकमा लगानी गर्न आग्रह गर्दछौँ ।

सावधान ः यहाँ प्रदान गरिएको जानकारी केबल जानकारीको लागि मात्र दिइएको छ । यहाँ यो उल्लेख गर्न जरुरी छ कि बजारमा लगानी बजार जोखिमको अधीनमा हुन्छ । लगानीकर्ताको रूपमा पैसा लगानी गर्नु अघि सधैं विशेषज्ञको सल्लाह लिनुहोस् ।  अर्थबिट डटकम यहाँ कसैलाई पैसा लगानी गर्न सल्लाह दिदैन। स्वविवेक र स्वअध्ययनमा लगानी गर्न आग्रह गर्दछौं ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।