काठमाण्डौ। सुनचाँदीको कारोबार मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ।
अघिल्लो दिनका तुलनामा सुन तोलामा २ सय र चाँदी ५ रुपैयाँ घटेको छ। सुन प्रतितोला ९२ हजार ५ सय र चाँदी १२ सय ५० रुपैयाँ भएको छ।
साताको पहिलो दिनका तुलनामा सुन तोलामा ३ सय मात्रै महँगो हो। गत आइतबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ थियो। सोमबार ४ सयको गिरावट आउँदा ९२ हजार ८ सय भएको थियो। त्यसयता क्रमिक बढ्न सुरु भएर बिहीबार ९२ हजार ७ सय पुगेको थियो। कारोबार मूल्यमा शुक्रबार गिरावट आएको हो।
माघ १२ मा तोलाको ९४ हजार ४ सय पुगेको थियो। त्यो सर्वाधिक मूल्य थियो। त्यसयता पुनः उक्त मूल्यमा पुग्नेगरी बढ्न सकेको छैन।
यसैगरी चाँदीको मूल्य बुधबार र बिहीबार तोलाको १२ सय ५५ रुपैयाँमा स्थिर थियो। शुक्रबार १२ सय ५० रुपैयाँ प्रतितोला भएको छ। यो मूल्य गत आइतबारकै बराबर हो। सोमबार र मंगलबार १२ सय ४० रुपैयाँ प्रतितोला थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य बलियो हुन सकेको छैन। सुनको मूल्यमा शुक्रबार झिनो वृद्धि छ। गत बुधबार प्रतिऔंस १७९८.८० डलर र बिहीबार १८०६. ८४ डलरमा कारोबार भएको थियो। शुक्रबार १८०६.८८ डलर छ।
यस्तै चाँदीको कारोबार मूल्यमा गिरावट देखिएको छ। बुधबार २२.७० डलर प्रतिऔंस रहेको चाँदी बिहीबार २२.६१ डलरमा कारोबार भएको थियो। शुक्रबार २२.५१ डलर भएको छ।